back
CTIZAN AD

‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ स्वीकृत

वि.सं.२०७४ चैत २० मंगलवार

855 

shares

 

२० चैत,काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ लाई सर्वसम्मतले स्वीकृत गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यसअघि बैठकमा उक्त प्रस्ताव प्रस्तुत गर्दै चिकित्सा शिक्षा क्षेत्रमा देखिँदै आएको विकृति र विसंगतिलाई अन्त्य गर्न अध्यादेश ल्याइएको बताए ।

उनले मुलुकमा विकासको अवधारणालाई सन्तुलित तुल्याउन ल्याइएको अध्यादेशबाट शिक्षा क्षेत्रमा दूरगामी महत्व रहेको धारणा व्यक्त गरे।

अधिवेशन अन्त्य

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राष्ट्रियसभाको पहिलो अधिवेशन आजै राति १२ देखि अन्त्य भएको जानकारी दिए ।

फागुन २१ गते पहिलो बैठक बसेको राष्ट्रियसभा नौ दिन दशपटक सञ्चालन भएकामा सात घण्टा २० मिनेट चलेको जानकारी दिइयो ।

यो अवधिमा राष्ट्रियसभाले अध्यक्ष र उपाध्यक्षको चयन गर्नुका साथै बैठक सञ्चालनसम्बन्धी अन्तरिम नियमावली पारित गरेको थियो ।

वि.सं.२०७४ चैत २० मंगलवार २०:१८ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...