back
CTIZAN AD

बेल्जियममा नेपाली पाठशाला

वि.सं.२०७४ चैत २० मंगलवार

951 

shares

भरत प्रधान, लिस्बन, पोर्चुगल । युरोपेली मुलुक बेल्जियममा नेपाली बालबालिकालाई लक्ष्य गरी नेपाल–ब्रसेल्स बाल सांस्कृतिक केन्द्र नामक नेपाली पाठशाला सञ्चालन गरिएको छ ।

बेल्जियममा रहेका नेपालीको सक्रियतामा नेपाली बालबालिकालाई नेपाली भाषा, कला र लोकसंस्कृतिका विषयमा अध्यापन गराउने उद्देश्यले विगत दुई वर्षदेखि नेपाली पाठशाला सञ्चालन गरिएको हो ।

बेल्जियममा जन्मेका र हुर्केका नेपाली बालबालिकामा नेपाली भाषा बोल्न र लेख्न समस्या देखिएपछि बेल्जियम सरकारसँग स्वीकृति लिएर राजधानी ब्रसेल्समा नेपाली पाठशाला सञ्चालन गरिएको केन्द्रकी संयोजिका सिर्जना कार्की थापाले बताइन् ।

पे्रmन्च स्कूलको भवनको कोठा भाडामा लिएर सञ्चालन गरिएको यस केन्द्रमा १६ वर्षमुनिका ३५ जना नियमित नेपाली विद्यार्थी रहेका छन् । बेल्जियमको स्थानीय विद्यालयमा अध्ययन गर्ने बालबालिकाको समयलाई ध्यानमा राखेर पाठशालामा साताको एक दिन शनिबार कक्षा सञ्चालन हुँदै आएको छ ।

हाल चारजना नेपाली शिक्षकमार्फत नेपाली भाषासम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यावहारिक र नेपाली लोकसंस्कृतिसम्बन्धी प्रशिक्षण दिने व्यवस्था मिलाइएको संयोजक थापाले बताइन् । पाठशालामा बालबालिकालाई तीन तहमा विभाजन गरेर नेपाली पाठ्यक्रमका आधारमा छुट्टाछुट्टै तीन वटा कक्षा सञ्चालन गरिएको छ । उनीहरुलाई कखरादेखि नेपाली शब्द र वाक्य लेखन तथा नेपाली बोल्न सिकाइएको छ ।

बेल्जियममा जन्मेका र हुर्केका नेपाली बालबालिकाले यहाँको भाषा डच र फ्रेन्च बोल्ने तर नेपाली भाषा बोल्न नसक्ने समस्या देखिएपछि बेल्जियमस्थित नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघ बेल्जियमको समन्वयमा नेपाली पाठशाला सञ्चालनमा ल्याइएको अध्यक्ष थापाले बताइन् । स्थानीय विद्यालयमा डच भाषामा पढाइ, लेखाइ र बोल्ने बानी भएका कारणले नेपाली बालबालिकामा नेपाली भाषाको समस्या देखिएको थापाको भनाइ छ ।

बेल्जियममा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा र संस्कृतिका बारेमा जानकारी रहोस् भन्ने हेतुले विदेशी भूमिमा नेपाली पाठशाला सञ्चालन गर्न पाउँदा आफूहरुलाई निकै खुशी लागेको केन्द्रका संस्थापक तथा एनआरएन बेल्जियमका पूर्व अध्यक्ष रवीन्द्रमान श्रेष्ठले बताए । केन्द्रमा नेपाली भाषा बोल्न तथा लेख्न सिकाउने, नेपाली संस्कार र संस्कृतिका विषयमा जानकारी गराउने तथा नेपाली रहनसहन, नेपाली लोक नृत्यलगायतका विषयमा प्रशिक्षण दिने गरिएको श्रेष्ठले बताए ।

विदेशी भूमिमा रहेर पनि नेपाली भाषा र लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा लाग्नु आफैँमा प्रशंसनीय कार्य भएको बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले टेलिफोन संवादमा भने । बेल्जियममा जन्मेका र हुर्केका नेपाली बालबालिकामा नेपाली संस्कार, संस्कृति र नेपालीपनको भावना जगाउन पाठशालाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने राजदूत थापाको भनाइ छ ।

“प्रवासमा नेपाली पाठशाला सञ्चालन गर्नु चुनौतीको कुरा हो । नेपाली समुदायले सञ्चालन गरेको यस अभियानको निरन्तरता र सफलताका लागि नेपाली दूतावासले समेत नैतिक र आर्थिक हिसाबले सहयोग गरेको छ” – राजदूत थापाले भने ।

उक्त नेपाली पाठशालालाई बेल्जियम सरकारले समेत सहयोग गर्ने आश्वासन दिएकाले आगामी दिनमा थप व्यवस्थित ढंगबाट सञ्चालन गर्ने योजना रहेको पाठशालाकी संयोजिका थापाले बताए । थापाका अनुसार पाठशाला सञ्चालनका लागि बेल्जियमस्थित रहेको नेपाली राजदूतावासले वार्षिक ४०० युरो सहयोग उपलब्ध गराउँदै आएको छ ।

यसैबीच, बेल्जियमका लागि नेपाली राजदूत थापाले पाठशालाका लागि ३० वटा नेपाली पाठ्यक्रम सहयोगस्वरुप प्रदान गरेका छन् । पाठशालाको दोस्रो वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर राजदूत थापाले ती पुस्तक हस्तान्तरण गरेका हुन् ।

वि.सं.२०७४ चैत २० मंगलवार १६:११ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...