back
CTIZAN AD

गर्मीयाममा फ्लुबाट बच्न यस्तो सल्लाह दिन्छन् डा. भुसाल

वि.सं.२०७५ वैशाख ९ आइतवार

606 

shares

drkhem-bhusal

हाम्रो देशमा गर्मी बढेसँगै बिरामीहरुको चाँप पनि बढेको पाइन्छ । काठमाडौंको विषम मौसम त्यसमाथि बढ्दो वातावरणीय प्रदूषणका कारण मानिसमा रोग प्रतिरोध क्षमता समेत घटिरहेको छ । यस्तो अवस्थामा मौसमी फ्लुको प्रकोप ज्यादा देखिन्छ । र कहिलेकाँही सामान्य लाग्ने यस्ता ‘मौसमी फ्लु’ कडा ‘फ्लु’ मा परिवर्तित भएर मानिसको ज्यानै लिने र अंगभंग गरिदिने सम्भावना रहन्छ ।

गर्मीमा किन बढ्छ संक्रमण ?
गर्मी याममा भाइरसको प्रजनन क्षमता उच्च हुन्छ । एकातिर भाइरसको प्रभाव बढिरहेको हुन्छ । अर्कोतिर छिनछिनमा बदलिने मौसम, बढ्दो गर्मी र वातावरणीय प्रदूषणका कारण मानिसमा अन्र्तनिहित रोग प्रतिरोधी क्षमतामा ह्रास आइरहेको छ ।
वातावरणको प्रदूषणले गर्दा हाम्रो शरिरका हावावाहिनी नलीहरु भित्र रहेको ‘भ्युकोजा’ सिमित हुन्छ । जसले गर्दा शरिरका अंगअंगमा ‘अक्सिजन’ को मात्रा कमजोर हुन्छ । ‘भ्युकोजा’ मा आफ्नो सिथिलताले सरीरका हावा छान्ने रौ जस्ता ‘सेलिया’ हरु विनास हुन्छन् ।
शरीरमा मात्रात्मक रुपमा अक्सिजनको आपूर्ति नहुनु, भाइरसको उत्पादन र प्रसार अधिक हुनु आदिक कारणले पनि गर्मी याममा विभिन रोगजन्य संक्रमण बढ्छ । यो समायमा स्वास प्रस्वास छाला, आँखा, नाक र छाती जन्य रोगको संक्रमण बढी हुने गर्दछ ।

सामान्य फ्लुका लक्षणहरु
-हल्का ज्वरो आउनु
-छाति दुख्नु
-आँखा रातो हुनु
-नाक चिलाउनु
-पेटमा विकार बढ्नु

माथि उल्लेखित लक्षणहरु देखिदा आत्तिइहाल्नु पर्दैन । यस्ता खालका लक्षणहरु सामान्य ‘मौसमी फ्लुका लक्षणहरु हुन । सामान्यतया ‘मौसमी फ्लु’ को प्रभाव ५ देखि ७ दिनसम्म मात्रै रहन्छ ।

कडा फ्लुका लक्षणहरु
-कडा ज्वरो आउनु
-सरीरका जोर्नीहरु अर्रो परेर दुख्नु
-सरीर एकदमै सिथिल हुनु
-पाचनशक्ति कमजोर हुनु
-स्मरण सक्तिमा ह्रास आउनु
-वान्ता आउनु
-पखाला लाग्नु

यस्ता खालका लक्षणहरु कडा खालका फ्लुका लक्षणहरु हुन ।

को बढी प्रभावित हुन्छ ?
भाइरसको आक्रमणको जोखिम या त प्राय सबै रहन्छन् । तर, बच्चा बच्ची, जेष्ठ नागरिकहरु, गर्भवती महिला दिर्घरोगीहरु भाइरल फ्लुको उच्च जोखिममा रहेका हुन्छन् । भाइरल आक्रमणको जोखिम अङ्ग प्रत्यारोपण गरेका विरामी,क्यान्सरका बिरामी, कडा औषधि सेवन गर्ने बिरामीहरु यस्ता ‘फ्लु’ को उच्च जोखिममा रहेका हुन्छन् ।

कसरी बच्ने ?
सामान्य भाइरल फ्लु भएको विरामीले मह, तुलसीको पात र कागती पानी उमालेर खादा लाभदायक हुन्छ । यस्तै पानी उमालेर बाफ लिने, दालको रस बढि पिउने, ताजा खाना खाने गर्दा पनि ‘फ्लु’ को प्रभावबाट बच्न सकिन्छ ।

बाहिर हिड्दा ‘मेडिकल ट्रिटमेन्ट’ गरीएको मास्क लगायत हिड्ने, आजभोली पर्ने पानीमा रुझ्दै नरुझ्ने र काम नपरी बाहिर ननिस्कनु पनि यो रोगबाट बच्न सकिन्छ ।

यसबाहेक
कडा खालका फ्लुबाट बच्न बार्षिक रुपमा भ्याक्सिन लगाएर पनि यस्ता प्रभावबाट बच्न सकिन्छ । यसैगरी राज्यले पनि निर्माणका काम रातिमा गर्दा बातावारण प्रदूषण कम हुने आदी गर्दा स्वास्थ्यप्रति सजग भएको बुझ्न सकिन्छ ।

डा. खेम भुसाल मनमोहन मेमोरियल शिक्षण अस्पतालका चिकित्सक हुन ।

वि.सं.२०७५ वैशाख ९ आइतवार १२:५० मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...