सेर साङबो शेर्पा,सौल, कोरिया । दोलखाली समाज दक्षिण कोरियाद्वारा नेपाली कथानक चलचित्र शत्रुगते कोरियाको राजधानी सौलमा आइतबार सफलतापूर्वक प्रदर्शन गरिएको छ । नेपालमा रहेका विभिन्न असहाय, वालबालिकालाई छात्रबृति दिने उद्देश्यले दोलखाली समाज कोरियाद्वारा सउल जोगेसा हलमा उक्त चलचित्र प्रदर्शन गरिएको थियो ।
दोलखाली समाज दक्षिण कोरियाद्वारा पहिलो औपचारिक कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष सरोज केसीले गरेका थिए भने प्रमुख अथितिको रूपमा कोरियाको लागि नेपाली राजदूत महामहिम अर्जुन जङ बहादुर सिंह थिए । विशेष अथितिमा एनआरएनए एनसीसी लगायत बिभिन्न सामाजिक संघ संस्थाका प्रतीनिधीहरुको उपस्थितिमा पहिलो चरणको औपचारिक कार्यक्रम सम्पन्न गरि चलचित्र प्रर्दशन गरिएको थियो ।

यस चलचित्रलाई प्रदिप भट्टाराइले निर्देशन गरेका हुन् भने कलाकारहरु मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका बिभिन्न चर्चित कलाकारहरुको अभिनय रहेको छ ।
दोलखाली समाजले प्रर्दशन गरेको नेपाली कथानक चलचित्र शत्रुगते हेर्न आयोजक कमिटीले हलको सिट क्षमता भन्दा धेरै टिकट विक्री गरेको हुनाले दर्शकहरु हलको भुइँमा समेत बसेर फिल्म हेर्न बाध्य भएका थिए ।

कोरियाको व्यस्तताका बाबजुत पनि नेपालीहरु कामको तनाब थकान मेटाउन यस्ता कमेडी चलचित्र हेर्न हलसम्म आउने गरेका छन् ।
हाल कोरियामा नेपाली फिल्म हेर्ने नेपाली दर्शकहरु दिन प्रतिदिन बढ्दै गएको देखिन्छ भने नेपाली चलचित्रले प्रवासमा समेत राम्रो व्यापार हुने संकेत देखा परेको छ । विशेष नेपालीको मौलिक कथा वस्तुमा आधारित चलचित्र लगायत हाश्य ब्यंग चलचित्रले प्रवासमा सफलता पाउने गरेका छन् । नेपाली फिल्म हेरेर एकैछिन भए पनि तनाब र थकान कम हुने र मनोरंजन महसुस गरेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।
हाल नेपालमा भर्खरै प्रर्दशन भईरहेको उक्त चलचित्र शत्रुगतेले नेपाली दर्शकहरुको मन जितिरहेको छ ।
दोलखाली समाज कोरिया द्वारा प्रर्दशन गरिको चलचित्र शत्रुगते हेर्न हल सम्म आई सहयोग गर्नु हुने सम्पुर्ण चलचित्रप्रेमी दर्शकहरु लाई समाजका अध्यक्ष सरोज केसीले हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।
वि.सं.२०७५ वैशाख १० सोमवार ०९:४७ मा प्रकाशित





























