back
CTIZAN AD

डेंगु पोजेटिभ भेटिएपछि सतर्कता अपनाउन आग्रह

वि.सं.२०७५ वैशाख १३ बिहीवार

654 

shares

१३ वैशाख, रत्ननगर, चितवन । चितवनको भरतपुर महानगर र विभिन्न नगरपालिकाको बजार क्षेत्रका सयौँ घर डेंगु पोजेटिभ रहेको पाइएको छ ।

यहाँ सञ्चालन भएको डेंगु सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानका क्रममा यस्तो पाइएको हो । गएको फागुन २८ देखि चैत ३ गतेसम्म जिल्लाको भरतपुर महानगरपालिका, कालिका र राप्ती नगरपालिकामा उक्त अभियान चलाइएको थियो ।

सो अभियान सर्वेक्षणको प्रतिवेदनबारे जानकारी दिँदै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले खोजी अभियान चलाइएको क्षेत्रका घर हेर्दा ५ दशमलव २८ प्रतिशत घर डेंगु पोजेटिभ रहेको पाइएको बताएका छन् । कुनै पनि घरमा डेंगु सार्ने लामखुट्टेका लार्भा र प्यूपा भेटिए उक्त घर डेंगु पोजेटिभ सूचीमा राखिन्छ ।

उनका अनुसार राप्ती, कालिका नगरपालिका र भरतपुर महानगरको बजार क्षेत्रका सात हजार ३०६ वटा घरमा स्वयंसेविका खटाएर डेंगु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियान चलाइएको थियो । उक्त अभियानका क्रममा ३८६ घर डेंगु पोजेटिभ देखिएको केसीले बताए ।

भरतपुर महानगरपालिकाको चार हजार ६०५ घरमा खोजी अभियान चलाउँदा १४४ घर पोजेटिभ देखिएको केसीले बताएका छन् । स्थानीयले घर वरपर सरसफाइमा ध्यान दिने कुनै पनि भाँडाकँुडामा पानी जम्न नदिने र जमेको पानी नष्ट गर्दा रोगबाट बच्न सकिन्छ भनेर त्यसतर्फ ध्यान दिएका छन् । पछिल्लो तथ्यांकअनुसार चितवनमा चालू आर्थिक वर्षको अहिलेसम्म एक हजार १६३ जनामा गरिएको परीक्षणमा ५८ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ । यो बीचमा मकवानपुरका एक व्यक्तिको डेंगुले ज्यान लिएको थियो ।

मुुख्यगरी एडिस एजेप्टाइ नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्ने चिकित्सक डा. भोजराज अधिकारीले बताएका छन् ।

वि.सं.२०७५ वैशाख १३ बिहीवार १४:५६ मा प्रकाशित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...