back

धुलो

वि.सं.२०७३ मंसिर २२ बुधवार

411 

shares
NTC AD
Global IME AD

sarita-tiwari

असाध्यै गार्‍हो छ
धुलोसँग लड्न

बन्द गरेपनी चारै दिशाका झ्यालढोका
मसिना छिद्रहरूबाट
जतिखेरै पस्छ धुलो
र टाँसिएर, परत परेर बस्छ
पढ्न राखेका टेबलका किताबभरी

एकैदिन गरूँ अन्देखा
भरिन्छ
र्‍याक,दराज ,खाटभरि
भुइँ र सिंढीभरि

धुलो
मेरो सार्वकालिन ,सबभन्दा बलियो शत्रु हो
र यसलाई थाहा छ मेरा कमजोरी

जत्ती होऊँ चनाखो
भित्रिन्छ आफ्नै ज्यानका लुगा
जुत्ता वा झोलासँगसँगै पनि

वर्षौंदेखी
फ्याँकिरहेछु म धुलो
भुईं र सिंढीहरू बढार्दै
टेबल,खाट र दराजहरू पुछ्दै

तर कुन कुन कमजोर चरहरूबाट छिरेर
पसिरहेको छ धुलो मभित्र?
र गरिरहेको छ
निरन्तर मलाई शासन !
गरिरहेको छ नजानिंदो गरी
मलाई मक्क्याएर मार्ने उद्यम !!

संसार जितेर फर्किंदा पनि
म हार्छु हरेक दिन
आफैंभित्रको धुलोसँग

जुन दिन जित्ने छु यो धुलोसँगको लडाइँ
मैले जित्नुपर्ने कुनै युद्ध
रहने छैन बाँकि ।

वि.सं.२०७३ मंसिर २२ बुधवार १०:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : निखार काव्य ए कवि

कविता : निखार काव्य ए कवि

स्वर्ण शिखा, दाङ नवीन यामको अहो सुरम्य बिम्ब देखियो, नवीन...

कविता : शब्द दुरुपयोग

कविता : शब्द दुरुपयोग

निम्बतरु,अर्घाखाँची कालेलाई काले भन्न मिल्दैन सेतेलाई सेते भन्न मिल्दैन नेप्टे...

कविता : आत्मबोध

कविता : आत्मबोध

शान्ता न्यौपाने, बेलबारी, मोेरङ सधैं तिमी मर्छुमर्छु भन्छौ तर तिमीलाई...

गजल

गजल

सुधिर थापा,काठमाडौं तिमी मेरो राजा भएँ रानी तिम्रो मीठो माया...

मुक्तक

मुक्तक

अरुण खड्का,काठमाडौं १ फुलुन् टन्न नयाँ नयाँ फूल नयाँ वर्षमा...

कविता : नयाँ बर्ष

कविता : नयाँ बर्ष

भूपाल अधिकारी, बिराटनगर सही सोच राखौँ न उल्टाहरूले , सधैँ...