back

बङ्गलादेशसँगको व्यापारः आयातभन्दा निर्यात बढी

वि.सं.२०७३ मंसिर २२ बुधवार

744 

shares
GLOBAL IME AD
NTC AD

२२ मङ्सिर,काँकडभिट्टा (झापा)। नेपालले काँकडभिट्टा– फूलवारी–बङ्गलाबन्ध पारवहन मार्गबाट विगत १९ वर्षको अवधिमा गरिएको व्यापारमा आयातको तुलनामा निर्यात बढी गरेको पाइएको छ ।

बङ्गलादेशसँग सिधै व्यापार गर्नका लागि नेपालले भारतको सहमतिमा विसं २०५४ सालदेखि पूर्वी नाका काँकडभिट्टाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको बङ्गलाबन्ध नाका जोड्नेस्थल पारवहन मार्गको प्रयोग सुरु गरेको हो ।

आव २०५४÷५५ देखि २०७२÷७३ सम्म आइपुग्दा यस मार्गबाट रु ४२ अर्ब ६८ करोड ९७ लाख बराबरको विभिन्न मालसामानको व्यापार भएको काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम कम्पनीका प्रमुख यादवप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।

उक्त अवधिमा नेपालले रु २७ अर्ब ८४ करोड ६४ लाख २० हजार बराबरको सामान बङ्गलादेश निर्यात गरेको छ भने बङ्गलादेशबाट सोही मार्ग भएर रु १४ अर्ब ८४ करोड ३३ लाखको सामान आयात गरेको छ । काँकडभिट्टाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको प्रवेशमार्ग बङ्गलाबन्ध नाका पुग्न ५४ किलोेमिटरको दुरी पार गर्नुपर्छ ।

नेपालले बङ्गलादेशतर्फ जडीबुटी, फलफूल, दाल, गहुँलगायत डाबर नेपालका उत्पादन निर्यात गर्दै आएको छ भने उताबाट कटन बेस्ट, सोलारका सामान, कच्चा जुट, जुस, चामललगायतका विभिन्न सामान आयात गर्दै आएको छ । दाल र गहुँको निर्यातमा नेपालले कटौती गरेको छ ।
नेपाल बङ्गलादेश चेम्बर अफ टे«डर्सका संस्थापक अध्यक्ष पन्नालाल जैन बङ्गलादेशसँगको व्यापार बढाउन सकिने प्रशस्त सम्भावना भए पनि सरकारी तहबाट पहल न्यून भएको बताउनुहुन्छ । निर्माण सामग्रीको रुपमा प्रयोग हुने ढुङ्गा ठूलो मात्रामा नेपालबाट आयात गर्न बङ्गलादेशी व्यापारी इच्छुक रहेको उहाँको भनाइ छ । रासस

वि.सं.२०७३ मंसिर २२ बुधवार १०:१० मा प्रकाशित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति र्पुयापछि भोजपुरका...

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय...