back
CTIZAN AD

बङ्गलादेशसँगको व्यापारः आयातभन्दा निर्यात बढी

वि.सं.२०७३ मंसिर २२ बुधवार

1.2K 

shares

२२ मङ्सिर,काँकडभिट्टा (झापा)। नेपालले काँकडभिट्टा– फूलवारी–बङ्गलाबन्ध पारवहन मार्गबाट विगत १९ वर्षको अवधिमा गरिएको व्यापारमा आयातको तुलनामा निर्यात बढी गरेको पाइएको छ ।

बङ्गलादेशसँग सिधै व्यापार गर्नका लागि नेपालले भारतको सहमतिमा विसं २०५४ सालदेखि पूर्वी नाका काँकडभिट्टाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको बङ्गलाबन्ध नाका जोड्नेस्थल पारवहन मार्गको प्रयोग सुरु गरेको हो ।

आव २०५४÷५५ देखि २०७२÷७३ सम्म आइपुग्दा यस मार्गबाट रु ४२ अर्ब ६८ करोड ९७ लाख बराबरको विभिन्न मालसामानको व्यापार भएको काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम कम्पनीका प्रमुख यादवप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।

उक्त अवधिमा नेपालले रु २७ अर्ब ८४ करोड ६४ लाख २० हजार बराबरको सामान बङ्गलादेश निर्यात गरेको छ भने बङ्गलादेशबाट सोही मार्ग भएर रु १४ अर्ब ८४ करोड ३३ लाखको सामान आयात गरेको छ । काँकडभिट्टाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको प्रवेशमार्ग बङ्गलाबन्ध नाका पुग्न ५४ किलोेमिटरको दुरी पार गर्नुपर्छ ।

नेपालले बङ्गलादेशतर्फ जडीबुटी, फलफूल, दाल, गहुँलगायत डाबर नेपालका उत्पादन निर्यात गर्दै आएको छ भने उताबाट कटन बेस्ट, सोलारका सामान, कच्चा जुट, जुस, चामललगायतका विभिन्न सामान आयात गर्दै आएको छ । दाल र गहुँको निर्यातमा नेपालले कटौती गरेको छ ।
नेपाल बङ्गलादेश चेम्बर अफ टे«डर्सका संस्थापक अध्यक्ष पन्नालाल जैन बङ्गलादेशसँगको व्यापार बढाउन सकिने प्रशस्त सम्भावना भए पनि सरकारी तहबाट पहल न्यून भएको बताउनुहुन्छ । निर्माण सामग्रीको रुपमा प्रयोग हुने ढुङ्गा ठूलो मात्रामा नेपालबाट आयात गर्न बङ्गलादेशी व्यापारी इच्छुक रहेको उहाँको भनाइ छ । रासस

वि.सं.२०७३ मंसिर २२ बुधवार १०:१० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...