back
CTIZAN AD

स्थानीय तह पुनः संरचनाको विषय छिटै टङ्गो लगाइने

वि.सं.२०७३ मंसिर २२ बुधवार

1.1K 

shares

२२ मङ्सिर,ताप्लेजुङ। सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले स्थानीय तह पुनःसंरचनालाई चाँडै टुङ्गोमा पु¥याउन सरकारलाई सबै दलको साथ चाहिएको बताउनुभएको छ ।

आज ताप्लेजुङ सदरमुकाममा प्रेस सेन्टर ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राज्यमन्त्री जवेगुले संविधान निर्माणका क्रमसँगै देखिएका केही दल अहिले सत्ता बाहिर रहे पनि कार्यान्वयनको विषयमा एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले संरचना तयार गर्ने क्रममा सीमा, सङ्ख्या आदि विषयमा देखिएका जटिलतालाई सरकारले गम्भीररुपमा लिएको बताउँदै सर्वमान्य बनाउन सरकार लागि परेको दाबी गर्नुभयो ।

सबै प्रदेशमा देखिएका प्राविधिक समस्याको पहिचान र निराकरण गर्ने सवालमा सचिवलाई समेत खटाइएको जानकारी दिँदै उहाँले मुलुकलाई निकास दिने कुरामा कुनै कसुर बाँकी नराख्ने स्पष्ट पार्नुभयो ।

तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्न र संविधानको सफल कार्यान्वयन गर्नका लागि संरचनाका विषयमा धेरै विवाद निकाल्न नहुने समेत बताउनुभयो ।

यसैबीच मन्त्री जवेगुले लिम्बू समुदायको सांस्कृतिक पर्व ‘चासोक तङ्नाम (न्वागी पर्व)’ को अवसरमा यहाँ आयोजित विशेष कार्यक्रमको उद्घाटन गर्नुभयो ।

चासोक तङ्नामका अवसरमा आजदेखि सुरु भएको विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको एक समारोहबीच उद्घाटन गर्नुभयो । रासस

वि.सं.२०७३ मंसिर २२ बुधवार १०:११ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...