back

स्थानीय तह पुनः संरचनाको विषय छिटै टङ्गो लगाइने

वि.सं.२०७३ मंसिर २२ बुधवार

855 

shares

२२ मङ्सिर,ताप्लेजुङ। सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले स्थानीय तह पुनःसंरचनालाई चाँडै टुङ्गोमा पु¥याउन सरकारलाई सबै दलको साथ चाहिएको बताउनुभएको छ ।

आज ताप्लेजुङ सदरमुकाममा प्रेस सेन्टर ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राज्यमन्त्री जवेगुले संविधान निर्माणका क्रमसँगै देखिएका केही दल अहिले सत्ता बाहिर रहे पनि कार्यान्वयनको विषयमा एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले संरचना तयार गर्ने क्रममा सीमा, सङ्ख्या आदि विषयमा देखिएका जटिलतालाई सरकारले गम्भीररुपमा लिएको बताउँदै सर्वमान्य बनाउन सरकार लागि परेको दाबी गर्नुभयो ।

सबै प्रदेशमा देखिएका प्राविधिक समस्याको पहिचान र निराकरण गर्ने सवालमा सचिवलाई समेत खटाइएको जानकारी दिँदै उहाँले मुलुकलाई निकास दिने कुरामा कुनै कसुर बाँकी नराख्ने स्पष्ट पार्नुभयो ।

तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्न र संविधानको सफल कार्यान्वयन गर्नका लागि संरचनाका विषयमा धेरै विवाद निकाल्न नहुने समेत बताउनुभयो ।

यसैबीच मन्त्री जवेगुले लिम्बू समुदायको सांस्कृतिक पर्व ‘चासोक तङ्नाम (न्वागी पर्व)’ को अवसरमा यहाँ आयोजित विशेष कार्यक्रमको उद्घाटन गर्नुभयो ।

चासोक तङ्नामका अवसरमा आजदेखि सुरु भएको विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको एक समारोहबीच उद्घाटन गर्नुभयो । रासस

वि.सं.२०७३ मंसिर २२ बुधवार १०:११ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...