back
CTIZAN AD

धुलो

वि.सं.२०७३ मंसिर २२ बुधवार

1.6K 

shares

sarita-tiwari

असाध्यै गार्‍हो छ
धुलोसँग लड्न

बन्द गरेपनी चारै दिशाका झ्यालढोका
मसिना छिद्रहरूबाट
जतिखेरै पस्छ धुलो
र टाँसिएर, परत परेर बस्छ
पढ्न राखेका टेबलका किताबभरी

एकैदिन गरूँ अन्देखा
भरिन्छ
र्‍याक,दराज ,खाटभरि
भुइँ र सिंढीभरि

धुलो
मेरो सार्वकालिन ,सबभन्दा बलियो शत्रु हो
र यसलाई थाहा छ मेरा कमजोरी

जत्ती होऊँ चनाखो
भित्रिन्छ आफ्नै ज्यानका लुगा
जुत्ता वा झोलासँगसँगै पनि

वर्षौंदेखी
फ्याँकिरहेछु म धुलो
भुईं र सिंढीहरू बढार्दै
टेबल,खाट र दराजहरू पुछ्दै

तर कुन कुन कमजोर चरहरूबाट छिरेर
पसिरहेको छ धुलो मभित्र?
र गरिरहेको छ
निरन्तर मलाई शासन !
गरिरहेको छ नजानिंदो गरी
मलाई मक्क्याएर मार्ने उद्यम !!

संसार जितेर फर्किंदा पनि
म हार्छु हरेक दिन
आफैंभित्रको धुलोसँग

जुन दिन जित्ने छु यो धुलोसँगको लडाइँ
मैले जित्नुपर्ने कुनै युद्ध
रहने छैन बाँकि ।

वि.सं.२०७३ मंसिर २२ बुधवार १०:०४ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...