back
CTIZAN AD

पोखरामा म्याग्दीको सुन्तलाको अत्यधिक माग

वि.सं.२०७३ मंसिर २२ बुधवार

1.2K 

shares

 orange

२२ मङ्सिर, बेनी,म्याग्दी । म्याग्दीको सुन्तलाको पोखरा र काठमाडाँैमा माग अत्यधिक बढेको छ ।

जिल्ला बाहिरबाट माग आउन थालेपछि यहाँका किसानलाई बिक्र ी गर्न भ्याइनभ्याई छ । अन्यत्र जिल्लाबाट माग आएपछि उनीहरु उत्साहित भएका छन् ।

बेनी नगरपालिका– १३ बास्कुना, भकिम्ली, मरेक, राखु, बरङ्जालगायतका ठाउँको सुन्तला बढी स्वादिलो भएका कारण बजारमा बढी माग रहेको बास्कुनाका सुन्तला कृषक वीरबहादुर थापाले बताउनुभयो । बास्कुनाबाट सोमबारसम्म १० मेट्रिक टन सुन्तला पोखरा र काठमाडौँ पठाइएको छ । गत वर्ष बास्कुनाबाट रु १६ लाखको सुन्तला बिक्री भएको थियो ।

किसानले बोटबाटै प्रतिकिलो रु ७० देखि रु ७५ सम्ममा बिक्री गरेका छन् । बास्कुना, भकिम्लीको मरेक, राखु, बरङ्जा, ताकम, बिम, मुदी, घार, हिस्तान, दोवा, नारच्याङ गाविस सुन्तला उत्पादनका पकेटक्षेत्र रहेका जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत भोजबहादुर थापा बताउनुहुन्छ । यहाँका किसानले सुन्तलाबाट वार्षिक रु ४० हजारदेखि रु ६ लाखसम्म आम्दानी गर्ने गरेका छन् । गत वर्ष जिल्लामा रु सात करोड ३० लाख १० हजार बराबरको दुई हजार ८६ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयले जनाएको छ । रासस

वि.सं.२०७३ मंसिर २२ बुधवार ०८:२० मा प्रकाशित

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...