back
CTIZAN AD

कृषिमा घट्दो रुचि र बसाइ सराइले कोदोको उत्पादन घट्दै

वि.सं.२०७३ मंसिर २२ बुधवार

966 

shares

२२ मङ्सिर, पोखरा  । कास्कीमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँ सराइका कारण कोदोको उत्पादन घट्दै गएको छ ।

पछिल्ला वर्षमा पहाडी क्षेत्रबाट बेँसीतर्फ बसाइँ सर्ने क्रम बढेपछि ती क्षेत्रमा कोदो उत्पादन हुने जग्गा बाँझै रहन थालेको छ । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत प्रकाश बस्ताकोटीका अनुसार जिल्लामा खेती हुने क्षेत्रफल घटेर १४ हजार ७०० हेक्टर पुगेको छ ।

जिल्लामा कोदोको उत्पादकत्व प्रतिहेक्टर १।२ मेट्रिक टन रहेको छ । हाल कुल १७ हजार ७०० मेट्रिक टन कोदो उत्पादन हुने गरेको बस्ताकोटीको भनाइ छ । कास्की जिल्ला तथा यस आसपासका स्याङ्जा, तनहुँ, लम्जुङ, गोरखा, पर्वत, बागलुङ, म्याग्दीमा समेत कोदोको उत्पादन घट्दै गएको छ । कोदोखेती कम हुन थालेसँगै यसका विभिन्न प्रजाति पनि लोप हुँदै गएका छन् ।

दुधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्लेजस्ता प्रजातिका कोदो लोप हुँदै गएका छन् । पछिल्लो समय कोदो लगाउने ठाउँमा कृषकले घैया प्रजातिका साथै पाखे धान लगाउन थालेका छन् ।

भरतपोखरी, निर्मलपोखरी, कृष्तिनाच्ने चौर, माझठानालगायत ठाउँमा पाखे धान लगाउने क्रम बढेका कारण कोदोखेती गर्ने क्षेत्रफल घट्दै गएको भरतपोखरीका किसान रामेश्वर अधिकारी बताउनुहुन्छ । श्रम बढी लाग्ने तथा जनशक्ति अभावका कारण त्यसको विकल्पमा पाखे धान तथा घैया धान किसानको रोजाइ बनेको छ । कोदो रोटी, ढिँडो, पुवाजस्ता परिकार बनाउन प्रयोग गरिन्छ भने यसबाट घरेलु मदिरा समेत बनाउने गरिन्छ । रासस

वि.सं.२०७३ मंसिर २२ बुधवार ०७:५२ मा प्रकाशित

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...