back
CTIZAN AD

आन्दोलन शान्तिपूर्ण बनाउने लिम्बूवानको प्रतिबद्धता

वि.सं.२०७३ मंसिर २२ बुधवार

1K 

shares

२२ मङ्सिर, भद्रपुर। संविधान संशोधनको प्रस्तावप्रति गम्भीर आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको सङ्घीय लिम्बूवान पार्टी नेपालले आम हड्ताललगायतका आन्दोलनका कार्यक्रम शान्तिपूर्ण बनाउने तीन बुँदे सहमति गरेको छ ।

संवाद समूहको सचिवालय विर्तामोडमा आज झापाका नागरिक समाज तथा मानव अधिकारकर्मीसँगको छलफलमा सङ्घीय लिम्बूवान पार्टी नेपालले त्यस्तो सहमति जनाएको हो ।

सहमतिअनुसार उक्त पार्टीको मङ्सिर ३० गतेको आम हड्ताल तथा आन्दोलनका सबै कार्यक्रमलाई शान्तिपूर्ण र मर्यादित बनाई हड्तालका समयमा मोटरसाइकल, दूध, चियापत्ती, सब्जी, प्रेस, चिकित्सक, औषधि, विवाह, मलामी, शव बाहन, एम्बुलेन्सजस्ता अत्यावश्यकीय सवारीका साधन तथा सेवालाई निर्वाध सञ्चालन गर्न दिने सहमति भएको जनाएको छ ।
त्यस्तै शिक्षण संस्थालाई बन्दमुक्त राख्ने तथा परीक्षाको अवधिलाई सहज बनाउने विषयमा नागरिक समाज र अधिकारकर्मीले गरेको आग्रहलाई सकारात्मक रुपमा ग्रहण गर्दै लिम्बूवान पार्टीले उचित निर्णय गर्ने सहमतिसमेत भएको छ ।

छलफलमा पार्टीका केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुवा, केन्द्रीय सदस्य टेकबहादुर खजुमले आन्दोलनका कार्यक्रमबारे जानकारी गराउँदै छलफलपछि सहमतिमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय मानवअधिकार प्रतिष्ठान झापाका सभापति रुपक खनाल, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, नेपाल शिक्षक महासङ्घका सचिव उमेश साह, विर्तामोड उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष किरण श्रेष्ठ, उद्यमी महिला महासङ्घकी अध्यक्ष पार्वता विमली, उपभोक्ताहित संरक्षण मञ्चकी सहसचिव उर्मिला खरेल, विरता जेसिजका कार्यकारिणी उपाध्यक्ष वीरबहादुर दर्नाललगायतले आन्दोलनलाई शान्तिपूर्ण बनाउँदै जनजीवनलाई सहज बनाइदिन आग्रह गर्नुभएको थियो ।

लिम्बूवानले संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव अव्यावहारिक र एकपक्षीय भनी असन्तुष्टि जनाएको छ ।

पार्टी अध्यक्ष पालुङ्वाले– ५ नं प्रदेशपछि झापा, मोरङ सुनसरीलाई टुक्र्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसमा यस क्षेत्रका नागरिक सचेत हुनुपर्ने बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर २२ बुधवार ०७:४९ मा प्रकाशित

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...