back
CTIZAN AD

पर्यटकलाई सम्मान

वि.सं.२०७३ असोज ११ मंगलवार

2.7K 

shares

काँकडभिट्टा (झापा) । सैतीसौँ विश्व पर्यटन दिवसका अवसरमा पूर्वी नाका काँकडभिट्टाबाट आज नेपाल प्रवेश गर्ने नर्वेका दुई पर्यटकलाई स्वागतसहित सम्मान गरिएको छ ।

काँकडभिट्टा हुँदै नेपालका विभिन्न पर्यटकीयस्थलको भ्रमणका लागि आएका नर्वेका मार्टिनपोल र जेनपोललाई ढाकाटोपी, फूलमाला र अबिरले स्वागत गरिएको हो । विश्व पर्यटन दिवसका अवसरमा ट्राभल्स एसोसिएसन अफ झापा, नेपाल पर्यटन बोर्ड, पर्यटन कार्यालय काँकडभिट्टा र विराट क्षेत्र पर्यटन प्रवद्र्धन तथा विकास समितिको संयुक्त आयोजनामा स्वागत कार्यक्रम गरिएको बताइएको छ ।

पर्यटकको सङ्ख्यामा वृद्धि

कञ्चनपुर, ११ असोज । पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल आउने पर्यटको सङ्ख्यामा वृद्धि भएको छ ।

अद्यागमन कार्यालय गड्डाचौकीका अनुसार तीन वर्षयता सो नाकाभएर नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । कार्यालय प्रमुख पदमराज भट्टका अनुसार गड्डाचौकी भएर सन् २०१५ मा दुई हजार ६० पर्यटक भित्रिएका थिए भने सन् २०१६ को सेप्टेम्बर महिनासम्ममा एक हजार ६७३ पर्यटक भित्रिएका छन् ।

यस्तै सन् २०१५ मा यस नाका भएर एक हजार ५३६ पर्यटक बाहिरिएका थिए भने सन् २०१६ को सेप्टेम्बरसम्ममा एक हजार १८१ पर्यटक बाहिरिएका थिए । सन् २०१४ मा सो नाका भएर एक हजार ८०८ पर्यटक भित्रिएकामा एक हजार ५९० पर्यटक बाहिरिएका थिए । सन् २०१३ मा एक हजार ६३९ पर्यटक भित्रिएका थिए भने सोही अवधिमा एक हजार ६१० पर्यटक बाहिरिएका थिए ।

गड्डाचौकी नाका भएर आउने पर्यटकमा अमेरिका, फ्रान्स, बेलायत, रुस, जापान, इजरायललगायत मुलुकका रहेका छन् । गड्डाचौकी नाकाबाट पर्यटक बर्दिया, चितवन, काठमाडौँ, पोखरा, कर्णाली घुम्नका लागि भित्रिने गरेका छन् । पछिल्लो समय शुक्लाफाँटा र खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या बढेको बताइएको छ । रासस

वि.सं.२०७३ असोज ११ मंगलवार १०:४६ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...