Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

पर्यटकलाई सम्मान



काँकडभिट्टा (झापा) । सैतीसौँ विश्व पर्यटन दिवसका अवसरमा पूर्वी नाका काँकडभिट्टाबाट आज नेपाल प्रवेश गर्ने नर्वेका दुई पर्यटकलाई स्वागतसहित सम्मान गरिएको छ ।

काँकडभिट्टा हुँदै नेपालका विभिन्न पर्यटकीयस्थलको भ्रमणका लागि आएका नर्वेका मार्टिनपोल र जेनपोललाई ढाकाटोपी, फूलमाला र अबिरले स्वागत गरिएको हो । विश्व पर्यटन दिवसका अवसरमा ट्राभल्स एसोसिएसन अफ झापा, नेपाल पर्यटन बोर्ड, पर्यटन कार्यालय काँकडभिट्टा र विराट क्षेत्र पर्यटन प्रवद्र्धन तथा विकास समितिको संयुक्त आयोजनामा स्वागत कार्यक्रम गरिएको बताइएको छ ।

पर्यटकको सङ्ख्यामा वृद्धि

कञ्चनपुर, ११ असोज । पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल आउने पर्यटको सङ्ख्यामा वृद्धि भएको छ ।

अद्यागमन कार्यालय गड्डाचौकीका अनुसार तीन वर्षयता सो नाकाभएर नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । कार्यालय प्रमुख पदमराज भट्टका अनुसार गड्डाचौकी भएर सन् २०१५ मा दुई हजार ६० पर्यटक भित्रिएका थिए भने सन् २०१६ को सेप्टेम्बर महिनासम्ममा एक हजार ६७३ पर्यटक भित्रिएका छन् ।

यस्तै सन् २०१५ मा यस नाका भएर एक हजार ५३६ पर्यटक बाहिरिएका थिए भने सन् २०१६ को सेप्टेम्बरसम्ममा एक हजार १८१ पर्यटक बाहिरिएका थिए । सन् २०१४ मा सो नाका भएर एक हजार ८०८ पर्यटक भित्रिएकामा एक हजार ५९० पर्यटक बाहिरिएका थिए । सन् २०१३ मा एक हजार ६३९ पर्यटक भित्रिएका थिए भने सोही अवधिमा एक हजार ६१० पर्यटक बाहिरिएका थिए ।

गड्डाचौकी नाका भएर आउने पर्यटकमा अमेरिका, फ्रान्स, बेलायत, रुस, जापान, इजरायललगायत मुलुकका रहेका छन् । गड्डाचौकी नाकाबाट पर्यटक बर्दिया, चितवन, काठमाडौँ, पोखरा, कर्णाली घुम्नका लागि भित्रिने गरेका छन् । पछिल्लो समय शुक्लाफाँटा र खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या बढेको बताइएको छ । रासस


-->

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । आज

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि गरिएको मतदान सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई थप पूँजी लगानी गरी