back
CTIZAN AD

अलैँचीको गुणस्तर कायम गर्न आधुनिक भट्टी

वि.सं.२०७३ असोज ११ मंगलवार

1.9K 

shares

 ११ असोज,बेसीशहर । अलँैची व्यवसायी सङ्घ, जिल्ला कृषि विकास कार्यालय, जिल्ला विकास समिति र उद्योग वाणिज्य सङ्घले अलैँचीको गुणस्तर कायम गर्न सहकार्य गर्ने भएका छन् ।

कम गुणस्तरको अलैँची निर्यात भएको पाइएपछि गुणस्तर कायम गर्न विशेष अभियान थालनी गरिने भएको हो । अलैँचीको गुणस्तर कायम गर्न आधुनिक अलैँची भट्टी वितरण गरिएको छ । सामान्य घरयासी विधि प्रयोग गर्दा अलैँचीको गुणस्तर बिग्रनसक्ने भन्दै आधुनिक अलैँची भट्टी वितरण गरिएको स्थानीय विकास अधिकारी शेखर पौडेलले जानकारी दिनुभयो ।

जिल्लाका अलैँची पकेटक्षेत्र पसगाउँ, खुदी, बन्सार, बाँझाखेत, गौँडा, ढोडेनी, घेर्मु, भोजे र भुलभुलेका किसानलाई १० वटा आधुकिन अलैँची भट्टी वितरण गरिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घ नेपाल व्यापार एकिकृत रणनीति कार्यक्रमअन्तर्गत सामूहिक र व्यक्तिगत रुपमा व्यवसायिक खेती गरेका किसानलाई भट्टी वितरण गरिएको लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो ।

हाल जिल्लामा बाँझाखेत, ढोडेनी, फलेनी, इलमपोखरी, बन्सार, भूलभूले, पसगाउँ तथा भोजे लगायतका गाविसमा अलँैचीको व्यावसायिकखेती भइरहेको छ । जिल्लामा हाल गोलसायी र रामसायी जातका अलैँची उत्पादन हँुदै आएको बताइएको छ । रासस

वि.सं.२०७३ असोज ११ मंगलवार १०:४४ मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...