Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

अलैँचीको गुणस्तर कायम गर्न आधुनिक भट्टी



 ११ असोज,बेसीशहर । अलँैची व्यवसायी सङ्घ, जिल्ला कृषि विकास कार्यालय, जिल्ला विकास समिति र उद्योग वाणिज्य सङ्घले अलैँचीको गुणस्तर कायम गर्न सहकार्य गर्ने भएका छन् ।

कम गुणस्तरको अलैँची निर्यात भएको पाइएपछि गुणस्तर कायम गर्न विशेष अभियान थालनी गरिने भएको हो । अलैँचीको गुणस्तर कायम गर्न आधुनिक अलैँची भट्टी वितरण गरिएको छ । सामान्य घरयासी विधि प्रयोग गर्दा अलैँचीको गुणस्तर बिग्रनसक्ने भन्दै आधुनिक अलैँची भट्टी वितरण गरिएको स्थानीय विकास अधिकारी शेखर पौडेलले जानकारी दिनुभयो ।

जिल्लाका अलैँची पकेटक्षेत्र पसगाउँ, खुदी, बन्सार, बाँझाखेत, गौँडा, ढोडेनी, घेर्मु, भोजे र भुलभुलेका किसानलाई १० वटा आधुकिन अलैँची भट्टी वितरण गरिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घ नेपाल व्यापार एकिकृत रणनीति कार्यक्रमअन्तर्गत सामूहिक र व्यक्तिगत रुपमा व्यवसायिक खेती गरेका किसानलाई भट्टी वितरण गरिएको लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो ।

हाल जिल्लामा बाँझाखेत, ढोडेनी, फलेनी, इलमपोखरी, बन्सार, भूलभूले, पसगाउँ तथा भोजे लगायतका गाविसमा अलँैचीको व्यावसायिकखेती भइरहेको छ । जिल्लामा हाल गोलसायी र रामसायी जातका अलैँची उत्पादन हँुदै आएको बताइएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम