back
CTIZAN AD

कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्छ– उपराष्ट्रपति पुन

वि.सं.२०७३ असोज ११ मंगलवार

2.2K 

shares

nanda-bahaur-pun

११ असोज,काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको कृषिलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ ।

डेरी एसोसिएसनले आज यहाँ आयोजना गरेको डेरी उत्पादन तथा उपकरण प्रदर्शनीमा उपराष्ट्रपति पुनले मुलुकको कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३४ प्रतिशत रहेको बताउँदै कृषिको आधुनिकीकरण गर्न सके कृषकको जीवनमा समेत आमूलपरिवर्तन हुनेछ भन्नुभयो ।
उहाँले भन्नुभयो–“दूध उत्पादन गर्ने कृषक र उपभोक्ताले तिर्ने पैसाबीच निकै अन्तर भएकाले यस्मा सरोकारवाला निकायले ध्यान दिन जरुरी छ । कृषि क्षेत्रका नीति, नियम बोझिला र झन्झटिला छन्, यसलाई सहज बनाउन छिट्टै नीतिगत संशोधन हुनेछ ।”
पशुपक्षी विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले कृषि क्षेत्रको विकासका लागि मन्त्रालयले यसै आर्थिक वर्षदेखि लागू हुने गरी २० वर्षे रणनीतिक कार्ययोजना थालनी गरेको जानकारी दिँदै त्यो पूर्णरुपमा कार्यान्वयन हुँदा नेपालको व्यापार घाटा निकै न्यून हुने अपेक्षा गर्नुभयो ।
उद्योग वाणिज्य महासङ्घका कार्यबाहक अध्यक्ष भवानी राणाले दुग्ध उत्पादन तथा प्रवद्र्धनका लागि डेरी एसोसिएसनले अग्रणी भूमिका निर्वाह गरेकामा महासङ्घका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफूहरु सधैँ तत्पर छौँ भन्नुभयो ।
एसोसिएसनका अध्यक्ष सुमित केडियाले भन्नुभयो–“सरकारले मुलुकको आर्थिक विकासका साथै बढी भन्दा बढी रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनु आवश्यक छ ।”
एसोसिएसनका प्रथम उपाध्यक्ष राधाकृष्ण सापकोटाले ‘दुग्ध क्षेत्रको वर्तमान अवस्था, समस्या र समाधानका उपाय तथा नीतिगत कदम’ विषयको कार्यपत्र प्रस्तुत गर्दै डेरी उत्पादनका क्षेत्रबाट चार लाख ५० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बताउनुभयो ।
कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिनाका साथै एसोसिएसनले आयोजना गरेको व्यक्तित्वकला प्रतियोगितामा उत्कृष्ट हुने छात्रालाई पुरस्कृत गरिएको थियो ।
हाल नेपालभर दैनिक ४८ लाख लिटर दूध उत्पादन हुने गरेकामा काठमाडौँमा मात्र चार लाख ५० हजार लिटर खपत हुने गरेको छ । रासस÷

वि.सं.२०७३ असोज ११ मंगलवार १०:४० मा प्रकाशित

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...