back

कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्छ– उपराष्ट्रपति पुन

वि.सं.२०७३ असोज ११ मंगलवार

1.9K 

shares

nanda-bahaur-pun

११ असोज,काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको कृषिलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ ।

डेरी एसोसिएसनले आज यहाँ आयोजना गरेको डेरी उत्पादन तथा उपकरण प्रदर्शनीमा उपराष्ट्रपति पुनले मुलुकको कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३४ प्रतिशत रहेको बताउँदै कृषिको आधुनिकीकरण गर्न सके कृषकको जीवनमा समेत आमूलपरिवर्तन हुनेछ भन्नुभयो ।
उहाँले भन्नुभयो–“दूध उत्पादन गर्ने कृषक र उपभोक्ताले तिर्ने पैसाबीच निकै अन्तर भएकाले यस्मा सरोकारवाला निकायले ध्यान दिन जरुरी छ । कृषि क्षेत्रका नीति, नियम बोझिला र झन्झटिला छन्, यसलाई सहज बनाउन छिट्टै नीतिगत संशोधन हुनेछ ।”
पशुपक्षी विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले कृषि क्षेत्रको विकासका लागि मन्त्रालयले यसै आर्थिक वर्षदेखि लागू हुने गरी २० वर्षे रणनीतिक कार्ययोजना थालनी गरेको जानकारी दिँदै त्यो पूर्णरुपमा कार्यान्वयन हुँदा नेपालको व्यापार घाटा निकै न्यून हुने अपेक्षा गर्नुभयो ।
उद्योग वाणिज्य महासङ्घका कार्यबाहक अध्यक्ष भवानी राणाले दुग्ध उत्पादन तथा प्रवद्र्धनका लागि डेरी एसोसिएसनले अग्रणी भूमिका निर्वाह गरेकामा महासङ्घका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफूहरु सधैँ तत्पर छौँ भन्नुभयो ।
एसोसिएसनका अध्यक्ष सुमित केडियाले भन्नुभयो–“सरकारले मुलुकको आर्थिक विकासका साथै बढी भन्दा बढी रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनु आवश्यक छ ।”
एसोसिएसनका प्रथम उपाध्यक्ष राधाकृष्ण सापकोटाले ‘दुग्ध क्षेत्रको वर्तमान अवस्था, समस्या र समाधानका उपाय तथा नीतिगत कदम’ विषयको कार्यपत्र प्रस्तुत गर्दै डेरी उत्पादनका क्षेत्रबाट चार लाख ५० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बताउनुभयो ।
कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिनाका साथै एसोसिएसनले आयोजना गरेको व्यक्तित्वकला प्रतियोगितामा उत्कृष्ट हुने छात्रालाई पुरस्कृत गरिएको थियो ।
हाल नेपालभर दैनिक ४८ लाख लिटर दूध उत्पादन हुने गरेकामा काठमाडौँमा मात्र चार लाख ५० हजार लिटर खपत हुने गरेको छ । रासस÷

वि.सं.२०७३ असोज ११ मंगलवार १०:४० मा प्रकाशित

Himalayan Life AD
मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६...

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

काठमाडौँ । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी...

१० बैंकले ब्याजदर घटाए, १० ले स्थिर राखे

१० बैंकले ब्याजदर घटाए, १० ले स्थिर राखे

काठमाडौं । मंसिर महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले औसत ब्याजदर...