back
CTIZAN AD

द्वन्द्वपीडितको न्यायका लागि सरकार गम्भीर छैन– आयोग अध्यक्ष शर्मा

वि.सं.२०७५ वैशाख २४ सोमवार

858 

shares

anupraj-sharma२४ वैशाख, खजुरा,बाँके । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा मानवअधिकारको स्थिति सन्तोषजनक नरहेको बताएका छन् ।

उनले नेपाली नागरिकले दृढ रुपमा मानव अधिकारको उपभोग गर्न नपाएको भन्दै अझै मानव अधिकार उलंघनका घटनामा वृद्धि र दण्डहिनताले प्रश्रय पाइरहेको बताए ।

पहाडी जिल्ला रोल्पा, प्यूठान, दाङमा मानव अधिकार द्वन्द्वपीडितको अवस्था अध्ययन तथा अनुगमन गरी राष्ट्रिय मानवअधिकार आयोगको उच्चस्तरीय टोली नेपालगन्ज फर्केपछि रासससँग कुराकानी गर्दै अध्यक्ष शर्माले भने–“मुलुकमा प्रर्याप्त कानून छन्, तर कार्यान्वयन भएको पाइँदैन, विधिको शासनको पालना गर्नुपर्छ, अनि मात्र मुलुकमा हरेक नागरिकको सम्मान हुनेछ”।

उनले देशमा थुप्रै मानव अधिकारसँग सम्बन्धित घटनालाई अध्ययन गरी नेपाल सरकारलाई कारबाहीका लागि सिफारिस गरेपनि त्यसको कार्यान्वयन निकै न्यून रहेको पाइएको बताएका छन् ।

सरकार आफँैमा स्थिायित्व नहुनाले राजनीतिक खिचातानीका कारण यस्ता विषयमा प्रभावकारिता बढ्न नसकेको बताउँदै दलहरु नागरिकप्रति जिम्मेवार नभई आफ्नो स्वार्थमा लागेको टिप्पणी गरे ।

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधीश समेत रहेका अध्यक्ष शर्माले मानवअधिकारसँगै नेपालको संविधानमा थुप्रै मौलिक हकको व्यवस्था रहेपनि त्यसको व्यावहारिक रुपमा कार्यान्वयन हुन नसकेको भन्दै आफ्ना अधिकार र कर्तव्यका लागि नागरिक आफैँ सचेत भई अवाज उठाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष शर्माले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका तथा बेपत्ता पारिएका व्यक्तिले अहिलेसम्म न्याय नपाएकामा चिन्ता व्यक्त गर्दै पीडितको न्यायका लागि बनेका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको आयोगबाट न्यायिक प्रक्रिया अघि बढ्न नसकेको बताए ।

उनले भने–“सरकारले झारो टार्न र पीडितलाई सहानुभूतिका लागि मात्र दुईवटा आयोग बनायो तर पूर्ण रुपमा जिम्मेवारी दिएको छैन, कसरी काम अगाडि बढनु र पीडितले न्याय पाउनु” । हामी पीडितलाई भेट्छौ, उनीहरुले हाम्र्रो घाउ नकोट्टाउनु सरकारले केही गर्दैन, हाम्रो आश पनि मरिसक्यो भन्छन्, हामीलाई अब राहत तथा परिपूरण गरिदिए पुग्ने प्रतिक्रिया दिएको उनले सुनाए ।

मुलुककै सबैभन्दा बढी रोल्पा जिल्लामा सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका तथा बेपत्ता पारिएका एक हजार दुई जना रहेकाले तिनका परिवारको आशु झरेको हेर्दा म स्वयं मर्माहित भएको प्रतिक्रिया व्यक्त गर्दै प्रश्न गरे– “तिनका घाउ कसले निको गर्ने हो ?”

पहिलो पटक मानवअधिकार आयोगको उच्चस्तरिय टोली द्वन्द्व प्रभावित जिल्लामा पुग्दा टाढा टाढाबाट आएका पीडितहरूले टोलीसँग सरकारले छिट्टै न्याय प्रदान गर्न माग गरेका थिए । उनीहरुले यदि न्याय नदिए पनि हामीलाई राहत, परिपूरण, आजआर्जनका कार्यक्रम तथा बालबच्चालाई शिक्षाको प्रत्याभूति गराउन माग गरेका थिए ।

आयोगका अध्यक्ष शर्मा नेतृत्वको टोलीमा आयोगका सदस्य गोविन्द पौडेल, सचिव बेदप्रसाद भट्टराई, नेपालगञ्ज कार्यालयका क्षेत्रीय निर्देशक मुरारी खरेल सहभागी थिए ।

वि.सं.२०७५ वैशाख २४ सोमवार १५:४९ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...