back
CTIZAN AD

मगर समुदायले घाटु नाच मनाए

वि.सं.२०७५ वैशाख २४ सोमवार

1.2K 

shares

ghatu-nach२४ वैशाख, नुवाकोट । मगर समुदायको ऐतिहासिक तथा लोपोन्मुख घाटु नाच नुवाकोटको लिखु गाउँपालिका–१ स्थित खानीगाउँमा यो वर्ष पहिलोपटक पर्वको रुपमा मनाइएको छ ।

वैशाख पूर्णिमाको शुरुवाती समयदेखि शुरु भएर पञ्चमीसम्म चल्ने घाटु पर्वको अवसरमा खानीगाउँको किटिनीखानीमा गत सोमबारदेखि शुरु भएको नाच गएरातिदेखि आज बिहानसम्म चण्डीमाई मन्दिरमा पूजा गरेर समापन भएको छ ।

परापूर्व समयमा गाउँमा विपत्ती तथा रोगको महामारी फैलिएपछि त्यसलाई हटाउन भगवान एवं देवीदेवता गुहारेर शुरु भएको घाटु नाच मगर जातिमा प्रचलित र महत्वपूर्ण पर्वको रुपमा मनाइने मगर समुदायका अगुवा गुणबहादुर थापामगरले जानकारी दिए ।

सोह्रौँ शताब्दीमा एक दम्पत्ति राजारानीको प्रेम र विवाह, गृहस्थी, राजकाज, जंगल प्रस्थान, शिकारलगायतका घटनामा आधारित भएर घाटु नाचिने गरिन्छ । घाटुको गीतमा परशुराम राजा र चम्पावती रानीको कथावस्तु समावेश गरी यथार्थता आधारित बनाएर साताव्यापी रुपमा मनाइने गरिन्छ ।

घाटु नाच्न घाटुकी कन्या कथाको विषयवस्तु अनुसार आवश्यक संख्यामा छानिने, कन्याबाहेक अरुले नाच्न नहुने उनीहरुलाई घाँटु नाच्नु अघि अक्षताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गंगाचुली आदिको पूजा गरी आँखा बन्द गराएर मात्र नाच्न योग्य बनाइने गरिन्छ ।

मातातीर्थ औँसीदेखि अभ्यास शुरु हुने र वैशाख पूर्णिमाको अवसरमा चण्डीमाई मन्दिरमा पूजा गरी पर्व उत्कर्षमा पु¥याइन्छ ।

घाटु जात्रा सञ्चालन गर्न चण्डेश्वरी संरक्षण समाज नामक संस्था यो वर्ष स्थापना गरी घर बाहिर रहेका गाउँका सबै बासिन्दा एकै स्थानमा भेला भएर पर्व मनाइएको अध्यक्ष पूर्णबहादुर थापामगरले जानकारी दिए ।

घाटु नाच गुरुङ र मगर समुदायको साझा पर्वको रुपमा मनाइने गरिए पनि नुवाकोटमा भने यही एक स्थानमा मात्रै नाच्ने गरिन्छ ।

वि.सं.२०७५ वैशाख २४ सोमवार १५:५४ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...