back
CTIZAN AD

दुवै मिगौला फेल भएका ओझाको उपचारमा सहयोगको आग्रह

वि.सं.२०७५ वैशाख २५ मंगलवार

807 

shares

२५ वैशाख, पथरी, मोरङ । दुवै मिगौला बिग्रिएर जीवनमरणको दोसाँधमा पुगेका मोरङ कानेपोखरीका डम्बरबहादुर ओझाले उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।

दुवै मिगौला फेल भएर निरन्तर डाइलाइसिस गराइरहेका मोरङको कानेपोखरी गाउँपालिका–५ का ४० वर्षीय ओझाले किड्नी प्रत्यारोपण गर्न आवश्यक रकम जुटाइदिन आग्रह गरेका छन ।

एघार महिनाअघि दुवै किड्नी बिग्रिएपछि सातामा दुईपटक डाइलाइसिस गराइरहेका ओझाले ऋण सापट गरेर जेनतेन निरन्तर डाइलाइसिस गराइरहे पनि आफ्नै आमाले दिन खोजेको किड्नी रकम अभावका कारण प्रत्यारोपण गराउन नसकेको बताए ।

कानेपोखरीमा चार वर्षअघि घरमा भएको आगलागीका कारण आफ्नो सर्वस्व गुमेको र त्यसपछि देखापरेको किड्नी समस्याका कारण अहिले ऋणमा डुबेको बताए ।

५७ वर्षीया आमा धनमाया ओझाले आफूलाई एउटा किड्नी दिन तयार रहेपनि प्रत्यारोपणबापत लाग्ने रु आठलाख रकम जुटाउन नसकेकाले प्रत्यारोपण गराउन नसकेको गुनासो गरेका छन् ।

उनले सहयोगी संघसंस्था र व्यक्तिले सहयोग गरिदिए आफूले नयाँ जीवन पाउनसक्ने बताउँदै सहयोगको अपिल गरेका छन । मिगौला पीडित ओझाका दुई नाबालक सन्तान छन ।

वि.सं.२०७५ वैशाख २५ मंगलवार १७:०७ मा प्रकाशित

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु...

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...