back
CTIZAN AD

पार्टीको अवधारणमा हिन्दू गणतन्त्र थपेका छौँ– अध्यक्ष राणा

वि.सं.२०७३ असोज १२ बुधवार

1.6K 

shares

१२ असोज,काठमाडौँ। स्थापना कालदेखि नै अङ्गिकार गरेको राष्ट्रियता, प्रजातन्त्र र उदारवादको तीन खम्बे सैधान्तिक अवधारणामा राष्ट्रिय प्रजातन्त्र पार्टीले चाँैथो खम्बाको रुपमा हिन्दू गणतन्त्र थप गरेको घोषणा गरेको छ ।

आगामी बडादसँै, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा सञ्चारकर्मीका लागि आज यहाँ आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले भन्नुभयो– “भविष्यमा संविधान संशोधनद्वारा नेपाललाई सनातनधर्म सापेक्ष हिन्दू– राष्ट्र घोषणा गराउने अभियान चलाउने कार्यक्रम रहेको छ ।”

उहाँले परराष्ट्र नीतिका सञ्चालकले परिस्थितिले पैदा गरेको जटिलता र गतिशीलताभित्र उचित र परिपक्क सन्तुलन कायम गर्नसक्ने कुटनीतिक सिल्प, कलाकौसल र बुद्धिमता देखाउन सक्नुपर्छ भन्दै आदिवासी, जनजाति र मधेसीले उठाएका जायज मागलाई पन्छाएर संविधानको पूर्ण कार्यान्वयन सम्भव नरहेको बताउनुभयो ।

“अङ्गिकृत नागरिकताको प्रमाणपत्र लिने व्यक्तिलाई राष्ट्रपति, प्रधानमन्त्रीलगायतका महत्वपूर्ण पदमा पु¥याउने गरी संविधान संशोधन गरिनु हुन्न, अध्यक्ष राणाले भन्नुभयो– नेपाललाई हिन्दूराज्यबाट हटाउने कार्य अपरझट र सुटुक्क गरिएकाले तीन दलले गरेको त्यो कदम हामी मान्दैनाँै ।

सो अवसरमा उक्त पार्टीका प्रचार विभाग प्रमुख ठाकुर शर्मा र सह–प्रवक्ता किरण गिरीले पार्टीले केही वर्षयतादेखि शुभकामना आदानप्रदान गर्दै आएको बताउनुभयो । रासस

वि.सं.२०७३ असोज १२ बुधवार ०९:४७ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...