Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

गणपुरक सङ्ख्या नपुग्दा संसद् बैठक स्थगन



१२ असोज,काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठक केहीबेर चलेपछि गणपुरक सङ्ख्या नपुग्दा आधा घन्टाका लागि स्थगन भएको छ ।

विभिन्न संवैधानिक आयोग गठनसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा सांसद डिल्लीप्रसाद काफ्लेले बैठकमा गणपुरक सङ्ख्याका बारेमा प्रश्न उठाउनुभएको थियो ।

त्यसलगत्तै सभामुख ओनसरी घर्तीले तीन मिनेटको जनाउ घन्टी बजाउन निर्देशन दिनुभएको थियो । बैठक सञ्चालनका लागि कम्तीमा १४९ सांसद हुनुपर्नेमा कुल १२५ सांसद मात्र उपस्थित हुनुहुन्थ्यो ।

सो समयमा पनि गणपुरक सङ्ख्या अपुग भएपछि बैठक आधा घन्टाका लागि स्थगन भएको उहाँले जानकारी दिनुभयो ।

संसद्को बैठकमा कुनै पनि विषय निर्णयार्थ प्रस्तुत हुन कम्तीमा एक चौथाइ मत आवश्यक पर्ने कानुनी प्रावधान छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।