back
CTIZAN AD

यी हुन् मोदी भ्रमणप्रति माओवादी केन्द्रका असन्तुष्टिका ९ बुँदाहरु

वि.सं.२०७५ जेठ १ मंगलवार

606 

shares

uday-gautam

१–दुवै देशका प्रधानमन्त्रीको भ्रमण हुँदा तिथि, मिति र कार्यक्रम पहिला भारतीय विदेश मन्त्रालय र मिडियाले सार्वजनिक गरेपछि त्यसलाई हाम्रो परराष्ट्र मन्त्रालयले औपचारिकता दिने काम भयो । यसमा परराष्ट्र मन्त्रालयको कमजोरी देखिएको छ । तयारीका हिसाबले सरकार कमजोर भयो । अरुले सार्वजनिक गरेको सूचनालाई औपचारिकता दिनु मात्र उपयुक्त होइन् ।

२–मोदीको नेपाल भ्रमणकै बेला उनकै पार्टीका सांसद कृति आजादले दिएको अभिव्यक्ति आपत्तिजनक र निन्दायोग्य छ । यसको गम्भीर ढंगले सरकारले प्रतिवाद÷खण्डन गर्नुपर्छ ।

३–भ्रमणका बेलाको सुरक्षा व्यवस्थाबारे प्रश्न उठेको छ । हाम्रो देश छिमेकी देशका राष्ट्रप्रमुख, सरकार प्रमुखलाई आमन्त्रण गरेको बेला सुरक्षा दिन सक्छ । विगतमा पनि भारतबाट आएका विशिष्ट व्यक्तिहरुलाई नेपालले सुरक्षा दिएको छ । अरु देशका पनि विशिष्ट व्यक्ति आएका छन् । चीनका राष्ट्रपतिलाई समेत केही वर्ष नेपाल आउँदा सुरक्षा दिएका हौं । तर, यो भ्रमणका क्रममा थाहा पाउने गरी तीन सय जति भारतीय सुरक्षा कमाण्डो आउनुले कतै हाम्रो सुरक्षा प्रणालीप्रति प्रश्न उठाउन खोजेको त होइन ? भन्ने प्रश्न उब्जेको छ । नेपाली सेनाप्रतिको सक्षमता र भूमिकालाई न्युनिकरण गरेको हो कि ? यो राम्रो कुरा होइन । यसको जनस्तरबाट पनि विरोध भइरहेको छ । नेपालमा आउने व्यक्तिलाई सुरक्षा दिन सक्दैनौं भने किन बोलाउने ? मलाई के विश्वास छ भने कुनै पनि देशका अतिथि बोलाउँदा सुरक्षा दिन हाम्रो सुरक्षाकर्मी सक्षम छ । यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

४–आन्तरिक रुपमा देशका समस्याबारे फरक फरक दृष्टिकोण भए पनि अन्तर्राष्ट्रिय रुपमा उभिँदा हाम्रो भनाइ एउटै हुनुपर्छ । भ्रमणका क्रममा त्यो देखिएन । नागरिक अभिनन्दनका क्रममा २ नम्बर प्रदेशमा जे भयो त्यो बेठीक भएको छ । झण्डै तीन चौथाइ बहुमतसहितको यो सरकारले परराष्ट्र मामिलामा एउटै धारणा बनाउने कामको थालनी गर्नुपर्छ । कसैले पनि आन्तरिक÷घरेलु विषय विदेशी सामु विस्कुन सुकाउने कुरा सही हुँदैन । राष्ट्र र राष्ट्रियताको दृष्टिकोणबाट पनि त्यो गलत नै हुन्छ । त्यसतर्फ सरकारको ध्यान जानु आवश्यक छ ।

५–नाकाबन्दीका कारण जनस्तरसम्म पुगेको चिसो सम्बन्धलाई सुधार गर्न यो भ्रमणले भूमिका खेलेको छ । प्रधानमन्त्रीज्यूले संसदलाई विगतमा भएका सन्धि सम्झौताको कार्यान्वयनका लागि कार्यतालिका नै बनाएको बताउनुभएको छ । हामी त्यसलाई हेर्छौँ ।

६–राष्ट्रका केही जल्दा बल्दा समस्या भने यो भ्रमणमा पनि समाधान भएनन् । भारतसँगको सीमा समस्या हाम्रो ठूलो समस्या हो । त्यसको हल गर्ने कुरा कतै पनि देखिएन । सीमाको समस्या कुनै किसानले दुई चार पाथी अन्नको लोभमा देखिएको समस्या होइन । हतियार धारी सीमा सुरक्षा बलबाटै अतिक्रमण गर्ने काम पटक पटक भएको छ । पछिल्लो पटक कञ्चनपुरमा सीमाको समस्या देखिएको छ । जति पनि सीमा समस्या छन् ती समधान भएका छैनन् । यो भ्रमणमा पनि भएन ।

७–डुबानको समस्या मुर्त ढंगले हल भएको छैन ।

८– अरुण तेस्रोको शिलान्यास गरिएको छ । तर त्यो हाम्रो संविधानको भावना विपरीत छ । प्राकृतिक स्रोत साधनको परिचालन गर्दा प्रतिनिधिसभाको दुई तिहाईले अनुमोदन गर्नुपर्ने कुरा कता गयो ?

९– विराटनगरमा खोलिएको भारतीय सेनाको अफिस पटक पटक हटाउन भनिएको छ । तर, यो पटकको भ्रमणबाट पनि त्यो हटेन । जे होस् भारतीय प्रधानमन्त्रीको भ्रमणले देशका जल्दाबल्दा समस्या समाधान गरेको छ्रैन । समस्या समाधान गर्नेतर्फ सरकारको ध्यान जाओस् । यो महत्वपूर्ण माग हो ।

वि.सं.२०७५ जेठ १ मंगलवार १५:२५ मा प्रकाशित

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...