back
CTIZAN AD

खपाङ्गीमगरद्धारा पत्रकार महासंघ युकेको अध्यक्षमा उम्मेदवारी

वि.सं.२०७५ जेठ १ मंगलवार

642 

shares

naresh-khapangi

नेपाल पत्रकार महासंघ युके शाखाको अध्यक्षमा नरेश खपाङ्गीमगरले पुन : उम्मेदवारी दिएका छन् ।
यहि शनिबार सम्पन्न हुने महासंघ युके शाखाको अध्यक्षमा उम्मेदवारीको घोषणा गर्दै खपाङ्गीमगरले युकेस्थित नेपाली समुदायसित अझ दरिलो सम्बन्ध स्थापना गरी पत्रकारिताको स्तरोन्नतिका लागि र मिडियाको दीगोपनका लागि सक्दो प्रयास गर्ने लगायतका धेरै प्रतिवद्धता जाहेर गरेका छन् ।

अध्यक्षमा पुन उम्मेदवारी घोषणा गरेका खपाङ्गीमगरको घोषणापत्र यस्तो रहेको छ ।
‘नेपाल पत्रकार महासंघ युके शाखाको यही शनिबार सम्पन्न हुने चौथो अधिवेसनमा मैले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । विगत दुई वर्ष मैले यस शाखाको नेतृत्व गर्ने अवसर पाएँ । यस अवधिमा मुख्यरुपमा यहाँस्थित नेपाली समाजसितको सम्बन्ध सुदृढ गर्ने, शाखाका सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने र शाखाको सम्पर्क नेपाली समुदायभन्दा बाहिर विस्तार गर्ने प्रयास गरेँ । यी लगायत यस अवधिमा भएका अन्य कार्यको समीक्षा गर्ने आदरणीय सदस्यहरु र नेपाली समुदायको जिम्मामा छोड्न चाहन्छु । यस अवधिमा भएका गल्ती कमीकमजोरीलाई सुधार्दै संस्थालाई मजबुत बनाइ अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकेको छु ।

गत कार्यकालमा शुरु गरिएका केही महत्वपूर्ण कार्यहरु अधूरो रहेको र संस्थालाई नेपाली समुदायबाहिरका संचारसम्वद्ध प्रतिष्ठान र विज्ञहरुसित सम्पर्क स्थापित गराउन दुई वर्षे कार्यकाल अपूरो रहेको निस्कर्ष निकाल्दै आगामी एक कार्यकालका लागि पुनः नेतृत्व लिने सोचाइ बनाएको हँु । मैले अबको कार्यकालमा निम्न कार्यलाई पूरा गर्ने योजना बनाएको हुँदा शाखाका सम्पूर्ण सल्लाहकारहरु, सभासदहरु, पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, सम्पूर्ण सदस्य साथीहरु र सिंगो नेपाली समुदायबाट सुझाव, सल्लाह, सहयोग र मार्र्गिनर्देशनको लागि विनम्र अनुरोध गर्दछु ।

१- गतवर्ष आयोजित ‘नेपलिज प्रेस नाइट’ च्यारिटी डिनरमार्फत संकलित राशीलाई एक आपतकालिन अक्षयकोष स्थापना गरी ब्यवस्थित गर्ने कार्य बाँकी रहेको हुँदा त्यसलाई पूरा गर्ने ।

२– विगत दुई वर्षदेखि शाखाको इन्टरन्याशनल जर्नलिष्ट फेडरेसन (आइएफजे), न्याशनल युनियन अफ जर्नलिष्ट (एनयुजे), बोर्नमाउथ युनिभर्सिटी मिडिया स्कुल र वेष्टमिनिष्टर युनिभर्सिटीजस्ता प्रतिष्ठानसित सम्पर्क स्थापित गराएकोमा त्यसलाई विस्तार र प्रगाढ बनाउने ।

३–युकेस्थित नेपाली समुदायसित अझ दरिलो सम्बन्ध स्थापना गरी पत्रकारिताको स्तरोन्नतिका लागि र मिडियाको दीगोपनका लागि सक्दो प्रयास गर्ने ।

४–शाखामा आवद्ध पत्रकारहरुको ज्ञान, सीप, क्षमता अभिवृद्धि, वृत्ति विकासका लागि तालिम, सेमिनार, अनुभव आदानप्रदान, प्रोत्साहन कार्यक्रम आयोजना गर्ने ।

५–शाखा र एनआरएनए युकेको संयुक्त पहलमा स्थापित एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारलाई थप व्यवस्थित, पारदर्शी र दुवै संस्थाको अपनत्व महसुस गर्ने गरी संचालन विधि बनाउने ।

६–अन्य देशमा खुलेका महासंघका वैदेशिक शाखाहरुसित समन्वय गरी महासंघको वैदेशिक शाखाका बारेमा विधानमा अझ प्रष्ट व्यवस्था गराउन पहल गर्ने ।’
धन्यवाद
विनित
नरेश खपाङ्गीमगर

वि.सं.२०७५ जेठ १ मंगलवार १५:०५ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...