किन मौन हुनुहुन्छ राष्ट्रपती ? आफ्नो श्रीमानको हत्याराको खोजी गर्नुपर्ने बिषयलाई किन कहिलेसम्म थाती राखेर बस्नुहुन्छ ? खोइ प्रधान मन्त्री केपी ओली ज्युले यी घटनाको बिषयमा खोजी गरेको ? त्यसै पनि डर अनि त्रासमा बाँचेका हामि नेपालीहरु कहिले सीमापारिका सुरक्षा कर्मीहरुको गोलि बारुद र कहिले आफ्नै देशका हत्यारा नाइकेहरुका नजरको निशानी बनेर कहिले सम्म बाँच्ने ?
जेष्ठ महिना नेपालको दुई ठुला ऐतिहासिक घटना २०५० जेष्ठ ३ गते मदन भन्डारी (दासढुंगा) हत्याकाण्ड र २०५८ जेष्ठ १९ गते राजदरबार हत्याकाण्ड । क्रान्ति गर्ने नाइके हरुको बिचारमा क्रान्ति मर्नु र मार्नु होला तर मेरो विचारमा क्रान्ति बाँच अनि बचाऔं हो । तर मेरो देशमा क्रान्तिको नाममा धेरैले ज्यान लिए र धेरैले ज्यान दिए त्यसको बदलामा देशले के पायो त ?

करीब पच्चिस बर्ष पहिले गाडि दुर्घटना गराएर हत्या गरिएको महान ब्यक्तित्व नेपाल कम्युनिष्ट पार्टी एमालेका लिडर देशप्रेमी मदन भण्डारीको हत्यारा किन गरिएको थियो ? बहुदलीय जनवादका ब्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो । जीवराज आश्रितको मृत अवस्थामै गाडिभित्र शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि शव भेटिएको थियो । यो घटनाको छानबिन गर्न धेरै आयोग बनेतापानी ति आयोगले पनि वास्तविकता बाहिर ल्याउन सकेनन र यो हत्या नै थियो । तर हत्याको डिजाइनर कुन थियो ? आजसम्म किन पत्तो लगाउन सकिएन ? अहिलेसम्म कसैलाई पत्तो लागेको छैन घटना रहस्यको बिषय बनेको छ । यस्तै मदन भण्डारीको हत्या भएको ८ बर्ष पछि २०५८ जेष्ठ १९ गते १७ बर्ष बिती सक्दा पनि राज्यले फैसला गर्न नसकेको इतिहासले पताक्षप गर्न नसकेको एउटा अर्को कुर्र अनि निन्दनीय पर्सविक हत्याकाण्ड हो राजदरबार हत्याकाण्ड ।

जनताका लोकप्रिय राजा बिरेन्द्रका सिंगो बंश विनास बनाउने त्यो हत्याकाण्डको डिजाइनर को थिए र किन गराए ? पुस्तक का पाना पल्टे जस्तै १७ बर्ष बित्यो तर दरवार हत्याकाण्ड को रहस्य अझै सम्म खुल्न सकेको छैन । हत्या पछी तत्कालिन प्रधानमंत्री गिरीजा प्रसाद कोइरालाले यो हत्या ब्राइन डिजाइन भनेका थिए तर त्यो ब्राइन डिजाइन कसले गर्यो र किन ? रहस्यको पर्दाफास उनले कहिल्यै गरेनन । त्यसपछी पनि धेरै जना प्रधानमंत्री बने तर कसैले पनि यो घटनाको बिषय मा एक शब्द बोल्न सकेनन । गणतन्त्र आएपछी प्रधानमंत्री भएका पुष्प कमल दाहाल (प्रचण्ड) ले यो घटना को वारेमा सबै पर्दाफास गर्ने छु त भने तर उनले पनि केहि गर्न सकेनन । प्रचण्ड पछी भएका प्रधानमंत्रीहरु ले त यस घटना वारे कुनै कुरा उठाउन समेत सकेका छैनन किन ? के साँच्चै नै यी घटनाहरु महत्वहीन या सामान्य थिए ? सायद घटना लाइ बिस्तारै भुल्ने सिवाय केहि रहेन ।
नेपालमा दण्डहिनताको सुरुवात यही घटनाबाट सुरु भएको थियो र यसको पूर्ण छानबीन हुने र यो घटनाको मुख्य दोषी को हो ? सच्चाई लाइ जनताको अगाडी ल्याउन नेपाल सरकारले अझै पनि नसकेको आम जनतालाई अबगत नै छ । हत्याको छानबिन पछी पुर्व राजा मरिसकेका दिपेन्द्रलाइ नै हत्याको दोषी बनाइयो । सर्बोच्च अदालत द्दारा प्रधान न्यायधिसको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोगको गठन भयो यो आयोगले पनि मरी सकेका दिपेन्द्र को थाप्लोमा हालेर प्रतिवेदन बुझायो तर आयोगको प्रतिवेदन जनताहरुले अझैपनी स्विकारेका छैनन । दरवार लाइ नजिक बाट देख्ने केहि व्याक्तिहरुले प्रकाशित गरेका पुस्तकमा पनि हत्याको दोषी दिपेन्द्र लाइ नै लगाइएको छ तर वास्तविक सत्य भने अझै सम्म खुल्न सकेको छैन कि हत्या कस्ले गर्यो ?
यो हत्याकाण्ड मा राजपरिवार का सदस्य संलग्न थिए वा बाहिरी शक्तिको संलग्नता थियो यो रहस्य कै गर्वमा छ । यसको आधारीन रुपमा आधार सबुत प्रमाण भने कसैले पनि प्रस्तुत गर्न सकेनन किन ? दल हरुले हत्याको छानबीन गरे या गरेनन तर हत्याकाण्ड का प्रमाणहरु एक पछी एक गर्दै नष्ट हुँदा पनि मौन बसी रहे । दरवार हत्याकाण्ड भएको ४ बर्ष पछी हत्याकाण्ड भएको भवन त्रिभुवन सदनलाइ तत्कालिन राजा ज्ञानेंद्रको निर्देशनमा भत्काइएको थियो त्यो भवन किन भत्काइयो ? कसैले आवाज उठाउन सकेनन । दिपेन्द्र गोली लागेर ढलेको पोखरी एक पटक पुरेर जिर्ण उद्दार गरिएको छ घटनाको प्रत्यक्ष दर्शीहरुले पनि घटनाको सत्य बताउन चाहेनन तर अझै पनि विभिन्न शंका का काला बादलहरु मानिसहरुको मन मस्तिष्क मा जिवितै छ्न ।
नेपाली संस्कृती गाइजात्रा को ठिक अघिल्लो दिन कुल प्रसाद शेरचनू प्रस्तुत भएका थिए हत्या का सम्पूर्ण आधिकारीक जीम्मेवार लिदै एकाएक घटना को जीम्मेवार लिने कुलप्रसाद शेरचन यो घटना को बास्तविक लुकाउने जात्राका एक कलाकार हुन या बास्तविक हत्यारा यिनै हुन ? कस्तो जमाना आफै हत्यारा हुँ भनेर दिनदहाडे कुर्लनेलाइ पनि पक्रन नसक्ने कस्तो हाम्रो सरकार ! देशमा गणतन्त्र घोषित भएपछी राजगद्दी छोड्दा तत्कालिन राजा ज्ञानेंद्रले पनि आफ्नो दोष नभएको आसय ब्यक्त गरेका थिए । नारायणहिटी राजदरबार बाट राजसंस्था बहिरगमन भइ सकेपछी सिंगापुर स्थित एउटा अखबारबाट पुर्व युवराज पारसले भनेका थिए हत्यारा दिपेन्द्र नै थिए । तर यति हुँदा पनि ऐतिहासिक घटना राजदरवार हत्या काण्डको बास्तविक पर्दा खुल्न सकेको छैन ।
राजतन्त्र को ठाउँमा गणतन्त्र आयो राजाको स्थान राष्ट्रपतिले लिए तर यो घटना संगै राजनितीमा जो अडिकता थियो त्यो पूर्ति भयो त रु प्रश्न अझै निरउत्तरित छ । हामि जनताहरुले तपाइहरुबाट के अपक्षा राख्दा उचित होला सरकार ?
यस्तो कहिल्यै भुल्न नसकिने ऐतिहासिक घटनाको बास्तविक बुझ्न नसक्ने नेपाल सरकारको कानुनले सर्वसाधारण को हत्या प्रति कुनै औला ठाडो पार्न सक्ला त ? कानुन कस्का लागि बनाइयो ? किन कानुन सँग मान्छेहरु डराउदैनन अझै पनि कता कति महान व्यक्तिहरुले हत्याराहरुको बचाव गर्दै धम्की दिदै हिडछन सक्छौ भने मलाइ पक्र हत्यारालाइ होइन ? यो त सिधै कानुनलाइ आफ्नो हातमा लिएर दादागिरी देखाउनु आफुले मनपरी गर्नु के यो नेपालको कानुनी दायरा भित्र पर्छ तरु किन बुझ्दैनन् सरकार मा बस्नेहरुले ? किन चुप लागेर बसी रहन्छन पुलिस प्रशासन ? किन पक्रन सक्दैन यस्ता ब्याक्तिहरुलाई ?
यि घटनाहरुलाई किन चासो दिइएन ? किन मौन हुनुहुन्छ राष्ट्रपती ? आफ्नो श्रीमानको हत्याराको खोजी गर्नुपर्ने बिषयलाई किन कहिलेसम्म थाती राखेर बस्नुहुन्छ ? खोइ प्रधान मन्त्री केपी ओली ज्युले यी घटनाको बिषयमा खोजी गरेको ? त्यसै पनि डर अनि त्रासमा बाँचेका हामि नेपालीहरु कहिले सीमापारिका सुरक्षा कर्मीहरुको गोलि बारुद र कहिले आफ्नै देशका हत्यारा नाइकेहरुका नजरको निशानी बनेर कहिले सम्म बाँच्ने ?
सोचौ कुरा गम्भीर छ नसोचौ त मनले मान्दैन मलाइ मात्रै होइन सरकार, यो घटनाको जानकारी भएका हरेक नेपालीहरुलाई रहस्यको बिषय बनेको छ सोच्न बाध्य बनाएको छ । जवसम्म तपाईंहरु जस्ता सरकारमा बस्नेहरुबाट यि प्रश्नको जवाफ आउदिन तवसम्म यस्ता प्रश्नहरु बारम्बार उठिरहने छन । यहाँ ठुला बडा व्याक्तिहरुको मात्रै होइन सर्वसाधारण व्याक्तिहरुको पनि जिउ ज्यानको रक्षा हुनुपर्दछ । यतिबेला समय, शक्ती, कानुन अनी नेपाली जनता तपाईंहरुको साथमा छ भने दोषी अपराधी हरुलाई कारवाही गरि कानुनि कठघरामा ल्याउन सक्ने नसक्ने तपाईंहरुको हातमा छ यी घटनाको बिषयलाइ लिएर दोषीलाइ नेपाल सरकारले कारवाही गरेको हेर्न सम्पूर्ण नेपालीहरु को आँखा टोलाई रहेको छ ।
वि.सं.२०७५ जेठ २ बुधवार ०७:५३ मा प्रकाशित






























