back
CTIZAN AD

सुगौली सन्धिका घाउहरु

वि.सं.२०७५ जेठ २ बुधवार

921 

shares

विष्णु न्यौपाने

 

सुगौलीको पीडा अझ छ जब सन्धी सुरु भयो
सबै नेपालीको शिर निहुरियो दुःख थपियो ।
जहाँ सिङ्गो यौटा मन जमिनझैं खण्डित भयोे
सधैं दासी जस्तै दलनपनको ताप थपियोे ।१।

थियो पूर्वी टिष्टा सतलज नदी पश्चिम तिर
सिमाना गङ्गाको तट रहँदथ्यो दक्षिण तिर ।
हजारौं गोर्खाली खुन र पसिना लत्पत गरी
उठाएका किल्ला चटचट छिनाल्यो शिर धरी ।२।

लुटी लाँदा सारा समथर तराई जति थियो
लिई हाम्रा बस्ती जहर भरिँदा आहत दियो ।
र मेची कालीको बिच छ जति त्यो बाहिर सबै
नदीनाला लुट्यो ब्रिटिस पछिको राप छ अझै ।३।

गयो माटो पाटो सब नदनदी सागर छुने
सधैं हिड्ने बाटो समतल तराई सुख दिने ।
कहाँ खोजौं टिष्टा सतलज कहाँ भेटूँ कसरी ?
सबै पा¥यो स्वाहा हृदय बिचका मुख्य धमनी ।४।

कठै ! हामी बन्दा कफन पहिरेका नरबली
प्रभूसत्ता हाँस्यो अतुल सुख भोगी ढलिमली ।
निचो¥यो ब्याधाले चरचर चिरी घायल मुटु
निखा¥यो नेपालै सबतिर निलेरै सुलुसुलु ।५।

अहो ! पूर्वी हावा विरह धुन खोली बहँदथिन्
कठै पश्चिम् आँखा कलबिख उघेली रहँदथिन् ।
तराई मैदानी तट अझ रुझेका नयनले
मरें आमा भन्थिन् सकल लुटिँदा टीठ पनले ।६।

नशामा गाएझैं कि त लहडको निर्णय थियो
कि आत्माघाती त्यो कुटिल मनको चाहत थियो ।
अँध्यारो रात्रीमा अपहरितथे’ राष्ट्र जनता
ग¥यौ काला सन्धी छल कपटमै घातक सदा ।७।

कुनै दोसै थ्येनन् पनि त इतिहास् भन्दछ अझै
इसारा काफी छन् गलत कतिथ्ये’ खुल्दछ कतै ।
कुनै बेला स्यानो गठित टुकडी तीब्र गतिमा
गई जित्थ्यो स्याना सरलपनका राज्य जतिमा ।८।

उही स्वप्ना देखी ब्रिटिस गणमा धाक कसियो
कुनै किन्लक् भाग्दा सहज जितिने मात रसियो ।
चलाखीको भाषा कुटिल पनि थ्यो काँतर नभै
कता सोच्थ्यो हाम्रो भजन गणले गम्भिर हुँदै ।९।

गर्यो कस्ले यस्तो ? किन र कसरी घात गरियो ?
थियो मागै कस्तो ब्रिटिसहरुको युद्ध अघिको ?
नगर्दै मूल्याङ्कन् किन सुरु ग¥यौ युद्ध फगतै ?
तिमी दोषी आफैं किन नबनिने दण्डित कतै ।१०।

इति

वि.सं.२०७५ जेठ २ बुधवार १०:५३ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...