back
CTIZAN AD

स्नान गरेबापत लिइने शुल्कले शिक्षकको तलब

वि.सं.२०७५ जेठ ३ बिहीवार

675 

shares

३ जेठ, बेनी, म्याग्दी । प्राकृतिक चिकित्सालयका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको तातोपानी कुण्डको आम्दानी सरस्वती माविका शिक्षक/शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ ।

म्याग्दी नदीको किनारमा रहेको कुण्डमा बिरामीले स्नान गरेबापत लिइने शुल्कले शिक्षकको तलब, भौतिक पूर्वाधार लगायत विभिन्न शैक्षिक गतिविधिमा खर्च गर्ने गरिएको हो ।

समुदायको सक्रियतामा स्थापना भएको विद्यालयमा आधारभूत र माध्यमिक तहका शिक्षकलाई वार्षिक रु १६ लाख तलब सुविधामा खर्च गर्ने गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । “तातोपानीको कमाइको ठूलो हिस्सा शैक्षिक क्षेत्रमा खर्च गर्ने गरिएको छ । गुणस्तरीय शिक्षाका लागि तलबबाहेक पनि खर्च गर्ने गरेका छौँ”, शाक्यले भने ।

उनले १–१० मा ३०५ जना विद्यार्थी अध्ययनरत विद्यालयमा निजी स्रोतका १० जना शिक्षकको तलबभत्तामा २०६६ सालदेखि निरन्तर कुण्डको सहयोगमा तलब खुवाउँदै आएको जानकारी दिए ।

हरेक वर्ष सरकारले तोकेको तलबभत्ताका साथै खेलकूद मैदान खरिदमा रु २३ लाख, भवन निर्माणमा समेत कुण्डले सहयोग गरेको प्रधानाध्यापक सुरतबहादुर बानियाँले बताए । “मावि तहमा सरकारी दरबन्दी छैन । कुण्डको सहयोगले नै अहिलेसम्म सहज भएको छ”, बानियाँले भने ।

“विद्यालयलाई तातोपानी कुण्ड बरदान सावित भएको छ”, प्रअ बानियाँले भने । भविष्यमा थप भौतिक पूर्वाधार विस्तार, दश जोड दुई कक्षा सञ्चालनलगायतका योजनामा समेत कुण्डबाट सहयोगको प्रतिबद्धता रहेको बताए । राक्से, तातोपानी, पखेर, सिमलचौर लगायत आसपासका क्षेत्रका विद्यार्थी अध्ययनरत विद्यालय जिल्ला सदरमुकाम बाहिर समुदायको आम्दानीले सञ्चालनमा रहेको नमूना विद्यालयको रुपमा समेत चिनिन्छ ।

ज्मिन मुनिबाट बिरेनूनको गन्धसहित ५० डिग्री तापक्रमको पानी संकलन गरिएको तलाउमा स्नान गरेर बाथ, चोटपटक लागेको, ग्यास्ट्रिक, गानोगोला लगायत विभिन्न रोगबाट ग्रसित नेपालका साथै भारत र जापानबाट समेत नियमित स्नान गर्न बिरामी तातोपानी कुण्डमा आउने गरेका छन् । वर्षेनी २० हजार जनाले स्नान गर्ने गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

वि.सं.२०७५ जेठ ३ बिहीवार १३:५६ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...