back
CTIZAN AD

खानेपानी आयोजना निर्माणपछि स्थानीयवासी हर्षित

वि.सं.२०७५ जेठ ३ बिहीवार

672 

shares

३ जेठ, जाजरकोट । जाजरकोट जिल्लास्थित नलगाड नगरपालिका–११ बानियाँ गाउँ र दम्कागाउँमा खानेपानी आयोजना निर्माणपछि त्यहाँका बासिन्दा हर्षित बनेका छन् । आयोजना निर्माणसँगै महिलालाई पानी ल्याउन एक घण्टा टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ । पानी उपलब्ध भएपछि अहिले उनीहरूमा समयको बचत हुनाका साथै शुद्ध पानी पिउन पाएका छन् ।

बानियाँ गाउँमा नलगाड नगरपालिकाको १७ लाख लागत र स्थानीयवासीको रु तीन लाख बराबरको श्रमदानबाट खानेपानी आयोजना निर्माण भएको हो । चौबिसै घण्टा धारामा शुद्ध खानेपानीको सुविधा उपलब्ध भएपछि हर्षित भएका बानियाँ गाउँ र दम्कागाउँका बासिन्दा यसअघि शुद्ध पानीको अभावमा वर्षौंदेखि कुवा, खोला र खोल्साको पानी पिउनुपर्दा पखाला लगायत पानीजन्य रोगबाट सताइएका थिए ।

यसैगरी खानेपानीका लागि ४५ घरधुरीलाई पायक पर्ने गरी नौ वटा धारा जडानबाट दम्काका सय घरपरिवार लाभान्वित भएका छन् । तीन किलोमिटर टाढाबाट पानी ल्याइएको सो आयोजनाका लागि नगरपालिकाले रू आठ लाख अनुदान र नपुग स्थानीय वासीबाट श्रमदान जुटाई खानेपानी निर्माण भएको हो । घरघरमा पानी पुगेसँगै स्थानीय वासीलाई नगदेबाली उत्पादन र सरसफाइ गर्न सहज हुनाका साथै सिँचाइको समस्या पनि समाधान भएको दम्काका नेत्र सिंहले बताए ।

वि.सं.२०७५ जेठ ३ बिहीवार १४:०३ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...