Logo
४ कार्तिक २०७८, बिहीबार
     Thu Oct 21 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रथम अन्तर्राष्ट्रिय युवा सम्मेलन शनिबारदेखि हुने



१३ असोज, काठमाडाँै । शनिबारदेखि भक्तपुरमा हुन थालेको नेपाली युवाको ‘प्रथम अन्तर्राष्ट्रिय सम्मेलन’को तयारी पूरा भएको छ ।

युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् आयोजना र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आयोजनामा हुन थालेको दुईदिने सम्मेलनमा राजनीतिक दल, सामाजिक सङ्घसंस्था र युवासँग सरोकार राख्ने ३०० युवाको सहभागिता हुने परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी गराउनुभयो ।

यसैगरी क्यानडा, बेल्जियम, अस्ट्रेलिया र युरोप महादेश, एसियाका जापान र खाडी मुलुकमा रहेका ५० गैरआवासीय नेपाली पनि ‘युवामा सामाजिक उद्यमशीलताको विकास, सामाजिक उद्यमशीलता नै देश निर्माणको आधार’ भन्ने मूल नाराका साथ हुने सम्मेलनमा सहभागिताका लागि काठमाडौँ आइसक्नुभएको छ ।

“सम्मेलनमा स्वदेश र विदेशमा भएका युवालाई नेपालको अवसर, सम्भावना र चुनौती बारेमा विश्लेषण गर्दै नेपालको साझा समस्याका समाधान खोज्ने प्रयास गर्छौं, उहाँले भन्नुभयो, “बिदेसिएका युवालाई नेपालमा रहेका स्रोतसाधन उपयोग गरी स्वरोजगार बनाउन सकिने विषयमा बहस गर्नेछौँ ।” युवालाई स्वदेशमा नै उद्यमशील बनाई रोजगारीमा वृद्धि गर्ने उद्देश्यका साथ हुने सम्मेलनमा युवा रोजगारी, उद्यमशीलता, कृषि, युवा नेतृत्व विकाससम्बन्धी छ कार्यपत्र प्रस्तुत हुनेछन् ।

पत्रकार सम्मेलनमा एनआरएनएका महासचिव डा बद्री केसीले विदेशमा सिकेको सीप नेपालमा प्रयोगमा ल्याउनका लागि सम्मेलन सहयोगी भूमिका खेल्ने बताउनुभयो । “कतारमा अग्ला अग्ला घर बनाउने र इजरायलयमा जमिन खन्ने नेपाली यहाँ पनि अवसर पाए काम गर्न सक्छन्”– उहाँले भन्नुभयो, “ती बिदेसिएका युवालाई नेपालमा फर्काउन सके त्यहाँको सीप प्रयोग गर्न सक्छन् र देश विकासमा सहयोगी भूमिका हुन्छ ।” रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका आर्यन खानको जमानत निवेदन अस्वीकार भएपछि छोरालाई भेट्न

४ कार्तिक, काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज (कात्तिक ४ गते) देखि सर्वसाधारणका

वालिङ्, स्यांग्जा । पर्वतका जयनारायण तिवारी र स्याङ्जाका शोभाखर ढकाल नेकपा (माओवादी केन्द्र) को

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि