back
CTIZAN AD

एमाले आकाशमा उडेको बाज हो, अरु दल भुइँको बट्इ हुन् : ओली

वि.सं.२०७३ असोज १३ बिहीवार

1.2K 

shares

 kp-oli

१३ असोज, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलनलाई विवादमुक्त बनाउन नेपालले पहल गर्नुपर्ने बताउनुभएको छ ।

एमाले सम्पर्क समन्वय समितिद्वारा आज यहाँ आयोजित शुभकामना कार्यक्रममा उहाँले सार्क सम्मेलन विवादमा आएको समयमा त्यसलाई समाधान गर्न नेपाल अध्यक्ष राष्ट्रका हैसियतले प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताउनुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, “सार्कका वर्तमान अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल न मैदानका खेलाडी न खेलका रेफ्री हुनुभएको छ, केवल दर्शक मात्र भएर हुँदैन, समाधानमा पहल गर्न सक्ने हुनुपर्छ ।”

सार्कका सदस्य मुलुक भारतले पाकिस्तानसँगको तनावका कारण भारतले पाकिस्तानमा आगामी कात्तिकमा हुने तय भएको शिखर सम्मेलनमा भाग नलिने जनाएपछि अन्य केही सदस्य मुलुकले पनि सहभागि नहुने जनाएका छन् ।

अध्यक्ष ओलीले एमालेको नीति, विचार र सिद्धान्त अरु कुनै पार्टीसँग तुलना हुन नसक्ने बताउँदै देशलाई अग्रगामी दिशा र समृद्धि गराउने सम्बन्धमा एमालेको नीति अरुको भन्दा उत्तम भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “एमाले आकाशमा उडेको बाज हो, अरु दल भुइँको बट्इ हुन् ।”

कार्यक्रममा महासचिव ईश्वर पोखरेलले एमाले नेतृत्वको सरकारका समयमा ल्याइएका राम्रा नीति तथा कार्यक्रमलाई प्रचारप्रसारका साथै संविधान कार्यान्वयनका लागि देशव्यापी अभियान सञ्चालन गरिने बताउनुभएको छ ।

एमालेले प्रदेशस्तरीय कमिटी गठन गरेसँगै सम्पर्क समन्वय कमिटीलाई प्रदेशस्तरको कमिटीको मान्यता दिइएको छ भने विगतका अञ्चल सम्पर्क कमिटी प्रदेशमा समायोजना हुनेछन् । रासस

वि.सं.२०७३ असोज १३ बिहीवार १६:३९ मा प्रकाशित

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य...

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई जीवन,...

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई...

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...