back
CTIZAN AD

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक समितिमा

वि.सं.२०७३ असोज १३ बिहीवार

1.3K 

shares

१३ असोज, काठमाडौँ  । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

शिक्षामन्त्री धनिराम पौडेलले उक्त प्रस्ताव सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइयोस् भनी सदनसमक्ष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

आजैको बैठकमा उद्योग मन्त्री नवीन्द्रराज जोशीद्वारा प्रस्तुत ‘उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको प्रतिवेदनसहितको औद्योगिक व्यवसाय विधेयक, २०७१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।

त्यसैगरी बैठकले ‘औद्योगिक व्यवसाय विधेयक, २०७३’ पारित गरेको छ । उक्त प्रस्ताव मन्त्री जोशीले प्रस्तुत गर्नुभएको थियो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही असोज १४ गते शुक्रबार बिहान ११ बजे बस्नेछ । रासस

वि.सं.२०७३ असोज १३ बिहीवार १३:२५ मा प्रकाशित

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको...

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार...

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोसीलगायत नदी बेसिनमा आएको अप्रत्याशित...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...