Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक समितिमा



१३ असोज, काठमाडौँ  । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

शिक्षामन्त्री धनिराम पौडेलले उक्त प्रस्ताव सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइयोस् भनी सदनसमक्ष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

आजैको बैठकमा उद्योग मन्त्री नवीन्द्रराज जोशीद्वारा प्रस्तुत ‘उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको प्रतिवेदनसहितको औद्योगिक व्यवसाय विधेयक, २०७१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।

त्यसैगरी बैठकले ‘औद्योगिक व्यवसाय विधेयक, २०७३’ पारित गरेको छ । उक्त प्रस्ताव मन्त्री जोशीले प्रस्तुत गर्नुभएको थियो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही असोज १४ गते शुक्रबार बिहान ११ बजे बस्नेछ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको