back
CTIZAN AD

एघार जिल्लाका चार लाख भूकम्पपीडितले पाए पहिलो किस्ता

वि.सं.२०७३ असोज १३ बिहीवार

1.3K 

shares

१३ असोज, काठमाडौँ । उपत्यकाका तीनै जिल्लामा भूकम्पपछिको पुनःनिर्माणका लागि अनुदान वितरण गर्न केन्द्रीय तथ्याङ्क विभागले उपत्यकाका २२ नगरपालिका र १९ गाविसमा सर्वेक्षणको स्थलगत काम सम्पन्न गरेको छ ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले भन्नुभयो,“ललितपुरका १९ गाविसमा घर घरमै पुगेर सर्वेक्षण भयो, ललितपुरका पाँच, भक्तपुरका छ र काठमाडौँका ११ नगरपालिकामा यसअघि नगरपालिकाले राहत वितरण गरेकाको सूचीमा परेकाका घरमा गई सर्वेक्षण गरियो, सर्वेक्षण सकिएकाले शुक्रबारदेखि तीनै जिल्लाका कार्यालय बन्द गरिनेछ । ”
सर्वेक्षणको प्रतिवेदन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई बुझाएपछि प्राविधिक अध्ययन गरी प्राधिकरणले लाभग्राहीको सूची सार्वजनिक गर्ने छ । विभागले यसअघि भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट र रसुवाको सर्वेक्षण सकी सम्झौताका साथ पहिलो किस्ताको अनुदान वितरण भइरहेको छ । एघार जिल्लामा बिहीबारसम्म तीन लाख ९६ हजार ८११ लाभग्राहीलाई पहिलो किस्ताको रु ५० हजार (प्रतिव्यक्ति) वितरण गरिएको प्राधिकरणका सहप्रवक्ता डा भीष्मकुमार भुसालले बताउनुभयो ।

काठमाडौँ उपत्यकाका तीन जिल्लासहित १४ जिल्लालाई सरकारले भूकम्पबाट अति प्रभावित सूचीमा राखेको छ । भूकम्पबाट प्रभावित बाँकी १७ जिल्लाको सर्वेक्षणका लागि दसैँपछि तयारी गरी तिहारपछि काम सुरु गरिने निर्देशक लामिछानेले बताउनुभयो । रासस

वि.सं.२०७३ असोज १३ बिहीवार १३:२४ मा प्रकाशित

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार...

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोसीलगायत नदी बेसिनमा आएको अप्रत्याशित...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोसी क्षेत्रमा आएको विनाशकारी...

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका...

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध...