Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

एघार जिल्लाका चार लाख भूकम्पपीडितले पाए पहिलो किस्ता



१३ असोज, काठमाडौँ । उपत्यकाका तीनै जिल्लामा भूकम्पपछिको पुनःनिर्माणका लागि अनुदान वितरण गर्न केन्द्रीय तथ्याङ्क विभागले उपत्यकाका २२ नगरपालिका र १९ गाविसमा सर्वेक्षणको स्थलगत काम सम्पन्न गरेको छ ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले भन्नुभयो,“ललितपुरका १९ गाविसमा घर घरमै पुगेर सर्वेक्षण भयो, ललितपुरका पाँच, भक्तपुरका छ र काठमाडौँका ११ नगरपालिकामा यसअघि नगरपालिकाले राहत वितरण गरेकाको सूचीमा परेकाका घरमा गई सर्वेक्षण गरियो, सर्वेक्षण सकिएकाले शुक्रबारदेखि तीनै जिल्लाका कार्यालय बन्द गरिनेछ । ”
सर्वेक्षणको प्रतिवेदन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई बुझाएपछि प्राविधिक अध्ययन गरी प्राधिकरणले लाभग्राहीको सूची सार्वजनिक गर्ने छ । विभागले यसअघि भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट र रसुवाको सर्वेक्षण सकी सम्झौताका साथ पहिलो किस्ताको अनुदान वितरण भइरहेको छ । एघार जिल्लामा बिहीबारसम्म तीन लाख ९६ हजार ८११ लाभग्राहीलाई पहिलो किस्ताको रु ५० हजार (प्रतिव्यक्ति) वितरण गरिएको प्राधिकरणका सहप्रवक्ता डा भीष्मकुमार भुसालले बताउनुभयो ।

काठमाडौँ उपत्यकाका तीन जिल्लासहित १४ जिल्लालाई सरकारले भूकम्पबाट अति प्रभावित सूचीमा राखेको छ । भूकम्पबाट प्रभावित बाँकी १७ जिल्लाको सर्वेक्षणका लागि दसैँपछि तयारी गरी तिहारपछि काम सुरु गरिने निर्देशक लामिछानेले बताउनुभयो । रासस


-->

वीरगञ्ज । वीरगञ्जस्थित घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ती तोडफोड गर्ने

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा