Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

लगानीको वातावरणमा क्यानडाबाट रु एक खर्ब लगानी हुने



१३ असोज, काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएन) क्यानडाले नेपालमा लगानीको वातारण र सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा एनआरएनका क्षेत्रीय प्रतिनिधि मित्र काफ्लेले नेपालमा राजनीतिक स्थायित्व भए क्यानडाबाट रु एक खर्बको लगानी भित्र्याउने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा जलविद्युत् विकासको धेरै सम्भावना रहेकाले त्यसमा लगानी भित्र्याउन सकिने र रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो ।

अहिले बैंकमा व्याज घटिरहेकाले पनि त्यहाँका लगानीकर्ताले नेपालको विकास तथा पूर्वाधारको सम्भावना अध्ययन गरिरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “नेपालको विकासका लागि क्यानडामा छरिएर रहेका नेपालीको सीप, अनुभव र क्षमतालाई पनि उपयोग गर्न सकिनेछ ।” उहाँका अनुसार नेपाल र नेपालीको विकासका लागि क्यानडामा बस्ने नेपाली तथा त्यहाँका लगानीकर्ताबीच छलफल भइरहेको भए पनि लगानी सुरक्षाको अन्योलले केही निर्णय हुन सकेको छैन ।

एनआरएनले गत वर्षको भूकम्पका बेला क्यानडा सरकारले १० हजार पीडितलाई रोजगारी दिने प्रतिबद्धता गरे पनि नेपाल सरकारको प्रक्रियागत निर्णय अहिलेसम्म हुन नसकेकाले त्यो कार्यान्वयन हुन नसकेको जनाइएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले