back
CTIZAN AD

लगानीको वातावरणमा क्यानडाबाट रु एक खर्ब लगानी हुने

वि.सं.२०७३ असोज १३ बिहीवार

1.6K 

shares

१३ असोज, काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएन) क्यानडाले नेपालमा लगानीको वातारण र सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा एनआरएनका क्षेत्रीय प्रतिनिधि मित्र काफ्लेले नेपालमा राजनीतिक स्थायित्व भए क्यानडाबाट रु एक खर्बको लगानी भित्र्याउने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा जलविद्युत् विकासको धेरै सम्भावना रहेकाले त्यसमा लगानी भित्र्याउन सकिने र रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो ।

अहिले बैंकमा व्याज घटिरहेकाले पनि त्यहाँका लगानीकर्ताले नेपालको विकास तथा पूर्वाधारको सम्भावना अध्ययन गरिरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “नेपालको विकासका लागि क्यानडामा छरिएर रहेका नेपालीको सीप, अनुभव र क्षमतालाई पनि उपयोग गर्न सकिनेछ ।” उहाँका अनुसार नेपाल र नेपालीको विकासका लागि क्यानडामा बस्ने नेपाली तथा त्यहाँका लगानीकर्ताबीच छलफल भइरहेको भए पनि लगानी सुरक्षाको अन्योलले केही निर्णय हुन सकेको छैन ।

एनआरएनले गत वर्षको भूकम्पका बेला क्यानडा सरकारले १० हजार पीडितलाई रोजगारी दिने प्रतिबद्धता गरे पनि नेपाल सरकारको प्रक्रियागत निर्णय अहिलेसम्म हुन नसकेकाले त्यो कार्यान्वयन हुन नसकेको जनाइएको छ । रासस

वि.सं.२०७३ असोज १३ बिहीवार १३:२१ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...