back
CTIZAN AD

उन्नाइसौँ सार्क शिखर सम्मेनका लागि नेपालले पहल गर्ने छ– परराष्ट्रमन्त्री

वि.सं.२०७३ असोज १५ शनिवार

1K 

shares

prakash-sharan-mahat१५ असोज, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को स्थगित १९ आँै शिखर सम्मेलन आयोजना गराउन नेपालले सदस्य राष्ट्रसँग छलफल गरी आवश्यक पहल गर्ने बताउनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभामा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो– सबै सहभागी हुने सुनिश्चित गरेर शिखर सम्मेलन गर्नुपर्छ, त्यसका लागि सबै सदस्य राष्ट्र संवेदनशील हुन आवश्यक छ ।

क्षेत्रीय सहयोग र विकासलाई अघि बढाउन सार्क महत्वपूर्ण मञ्चका रुपमा रहेको हँुदा सदस्य राष्ट्रबीचको सुमधुर सम्बन्धले यस क्षेत्रको विकास र मञ्चको उपयोगिता बढ्ने बताउँदै परराष्ट्रमन्त्री डा महतले भन्नुभयो–“सदस्य राष्ट्रसँगको छलफलबाट उपयुक्त वातावरणको सुनिश्चितता गर्दै शिखर सम्मेलनको टुङ्गो लगाइने छ ।”

भारत–पाकिस्तानबीच सम्बन्धमा देखिएको पछिल्लो तिक्ततासँगै आगामी कात्तिकमा हुने कार्यसूची रहेको सार्क शिखर सम्मेलन स्थगन भएको हो । हाल नेपाल अध्यक्ष रहेको सार्कको आगामी शिखर सम्मेलन पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक २४–२५ गते हुने तय भएको थियो । सार्कको बडापत्रमा कारणवश एउटा सदस्य राष्ट्र पनि सहभागी हुन नसक्ने परिस्थिति भएका खण्डमा शिखर सम्मेलन हुन नसक्ने प्रावधान छ ।

भारत– पाकिस्तानबीच उत्पन्न तनावसँगै सार्कका सदस्य राष्ट्र बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्का लगायतले शिखर सम्मेलनका लागि क्षेत्रीय वातावरण उपयुक्त हुनुपर्ने भनाइ सार्वजनिक गरिसकेका छन् ।

राष्ट्र सङ्घको महासभाका अवसरमा सहभागी सबै खाले मञ्चमा नेपालका तर्फबाट राष्ट्रिय आवश्यकता र राष्ट्रिय हितका ठोस ढङ्गबाट भनाइ प्रस्तुत गरिएको परराष्ट्रमन्त्री डा महतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–“महासभामा संयुक्त राष्ट्र सङ्घमार्फत विश्वशान्ति स्थापनार्थ गरेको योगदान, भूपरिवेष्ठित मुलुकले भोग्दै आएका समस्या र पाउनुपर्ने सुविधा, जलवायु परिवर्तन, आप्रवासीको सुरक्षा र रोजगारीका विषयमा नेपालका तर्फबाट ठोस ढङ्गले कुरा राखिएको छ ।”

नेपाली सेनाले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदान अनुरुपको जिम्मेवारी दिइनुपर्ने विषयमा पनि उहाँले महासभामा अरु भेटघाटमा कुरा राख्नुभएको थियो ।

उहाँले नेपालीले संविधानसभाबाट बनाएको संविधान धेरै समावेशी भएको तथा संविधानमा मानवाधिकार र महिला अधिकार लगायत अरु अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई व्यापक रुपमा समेटिएको हँुदा कार्यान्वयनको चरणतर्फ रहेका बारे त्यहाँ विभिन्न मञ्चलाई जानकारी गराउनुभएको थियो । अमेरिका लगायत मुलुकले नेपालको संविधानको स्वागत गर्दै सहयोग र समर्थन रहेको बताएको मन्त्री डा महतले जानकारी दिनुभयो ।

महासभामा भाग लिने क्रममा अमेरिकामा रहँदा परराष्ट्रमन्त्री डा महतले राष्ट्र सङ्घका महासचिव बान की– मुन, अमेरिकाका राष्ट्रपति बाराक ओबामा, विदेशमन्त्री जोन केरीका अतिरिक्त पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, कोलम्बियाका विदेशमन्त्री लगायतसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सकेपछि परराष्ट्रमन्त्री डा महत नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन त्यसतर्फ जानुभएको थियो । रासस

वि.सं.२०७३ असोज १५ शनिवार ०७:०६ मा प्रकाशित

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

निर्वाचनको दिन यी व्यक्तिले सवारी चलाउन पाउने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई...