back
CTIZAN AD

नेकपा संसदीय दलमा मुख्यमन्त्री पोखरेल सर्वसम्मत

वि.सं.२०७५ जेठ १७ बिहीवार

774 

shares

१७ जेठ, बुटवल । प्रदेश नं ५ को नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री शंकर पोखरेल सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बुटवलमा बुधबार बसेको संयुक्त संसदीय दलको बैठकले दलको नेतामा पोखरेललाई निर्विरोध रूपमा चयन गरेको नेकपाका नेता विघटित नेकपा एमालेका तर्फबाट संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

मुख्यमन्त्री पोखरेललाई संसदीय दलको नेता चयन गर्न नेकपाका नेता तथा प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले प्रस्ताव गरेका थिए भने अर्का नेता तथा प्रदेश सभा सदस्य कमल श्रेष्ठले समर्थन जनाएका थिए ।

संसदीय दलको नेता चयन भएपछि मुख्यमन्त्री पोखरेलले सबैलाई धन्यवाद दिँदै अब प्रदेशको समृद्धिको यात्रामा भूमिका निर्वाह गर्न अपिल गरे ।

वि.सं.२०७५ जेठ १७ बिहीवार ०९:०५ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले...