back
CTIZAN AD

आठ वर्षपछि पक्राउ परे दम्पत्ती हत्याका अभियुक्त

वि.सं.२०७५ जेठ १७ बिहीवार

801 

shares

 

१७ जेठ, बुटवल । रुपन्देहीमा आठ वर्ष अघि भएको एउटा जघन्य खालको हत्या तथा डकैतीको घटनाका सबै अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

बुटवल उपमहानगरपालिका–४, जेसिजचोकस्थित विष्णु भण्डारी स्टोर्सका सञ्चालक रमेश भण्डारी र निजकी श्रीमती आशा भण्डारीलाई गोली हानी हत्या र डकैती गरेको घटनामा संलग्न फरार अभियुक्त अर्जुन गौतमलाई आठ वर्षपछि रुपन्देही प्रहरीले पक्राउ गरेको जनाएको छ ।

अभियुक्त गौतमलाई गत चैत १० गते नियन्त्रणमा लिएपछि उनकै सहयोगमा अर्का अभियुक्त लामो समयदेखि भारतमा बस्दै आएका निजकै दाजु कृष्णप्रसाद गौतमलाई बोलाउन लगाई दुई दिन अघि पक्रन सफल भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बुधबार जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धानपछि रुपन्देही जिल्ला अदालतमा दाखिला गरिएको समेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त घटनामा खुल्न आएका सबै अपराधीलाई अहिलेसम्म पक्राउ गरी कानूनी दायरामा ल्याइएको समेत जनाइएको छ ।

वि.सं.२०७५ जेठ १७ बिहीवार ०९:१८ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले...