
गैरआवासीय नेपाली संघले लगानीका साथै विदेशमा सिकेको सिप नेपाल भित्र्याउने तथा नेपाली उत्पादित वस्तुहरुको विदेशमा प्रबर्धन तथा विकास गर्ने उद्देश्यले विभिन्न समितिहरु गठन गरेको छ । यसैक्रममा एग्रीकल्चर प्रमोशन सबकमिटी (Agriculture promotion subcommittee) गठन गरिएको छ । नेपालको कृषि बिकास र कृषकहरूको सहयोगको लागि बिभिन्न देशहरूको उन्नत प्रबिधिबाट नेपालको कृषिलाइ सहयोग गर्ने उध्येस्यका साथ यसै महिनाबाट एनआरएनएले सो कमिटि निर्माण गरेको हो ।
एनआरएनएको केन्द्रीय समितिको ६२ औं मिटिङले बेल्जियमबासी युवराज गुरुङको संयोजकत्वमा उक्त कमिटी गठन गरेको हो । कमिटीको सहसंयोजकको जिम्मेवारीमा जापानबाट एनआरएनए आइसीसी रहेका कपिलदेव थापालाई नियुक्त गरिएको छ । थापाले आफूलाई कमिटीको उक्त पदमा योग्य समिझदै सुभकार्यमा कार्म गर्ने मौंका प्रदान गरेकोमा एनआरएनए नेतृत्वप्रति आभार व्यक्त गरेका छन् । उनी भन्छन् “आज सम्म आफुले गरेका, सिकेका र जानेका सबै सिप र क्षमताहरू लगाएर एनआरएनएको यो कमिटिमा रहि कामगर्ने प्रति बुद्धता समेत ज़ाहेर गर्दछु ।” थापाले यसअघि नै नेपालमा आफ्नो गाउँ बनेपा बासडोलमा अर्गानिक कृषिको काम गरिरहेका छन् ।
उक्त कमिटी डा प्रमोद ढकालको नेतृत्वमा रहेको एनआरएनए एकेडमी कमिटी अन्तर्गत रहने एनआरएनएद्वारा जानकारी दिइएको छ ।
वि.सं.२०७५ जेठ १७ बिहीवार १०:१२ मा प्रकाशित































