Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

अन्तर्राष्ट्रिय अहिंसा दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रम गरेर मनाइदैं



१६ असोज, काठमाडौँ । आठौँ अन्तर्राष्ट्रिय अहिंसा दिवस विभिन्न कार्यक्रम गरी आज नेपालमा पनि मनाइँदैछ ।

विश्वभर अशान्ति, आतङ्कवाद र हिंसा बढ्दै गएको सन्दर्भमा सन् २००७ को संयुक्त राष्ट्र सङ्घको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर २ अक्टोबरलाई अन्तर्राष्ट्रिय अहिंसा दिवस घोषणा गरेको थियो ।

सन् २००८ देखि राष्ट्र सङ्घका १९३ सदस्य राष्ट्रले अहिंसा दिवस मनाउन सुरु गरेका हुन् । यो दिवस नेपालमा पनि सन् २००८ देखि मनाउन थालिएको राष्ट्र सङ्घका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि डा जयराज आचार्यले राससलाई जानकारी दिनुभयो ।

“महात्मा गान्धीले अहिंसाका लागि प्रेरणा दिएको भन्दै संयुक्त राज्य बेलायतले पार्लियामेन्ट स्क्वायर अगाडि विन्स्टन चर्चिलको सालिकसँगै उहाँको पनि सालिक निर्माण गरेको छ, गान्धीको जीवन यात्राले विश्व जगत्लाई अहिंसाका लागि प्रेरित गरेको छ” – उहाँले भन्नुभयो ।

यस अवसरमा आज प्रजातन्त्र तथा विकास केन्द्र र तक्षशिला एकेडेमीले संयुक्त रुपमा सामाखुसीमा अहिंसा दिवससम्बन्धी प्रवचन कार्यक्रम आयोजना गरेको छ । यसैगरी मानवअधिकार तथा शान्ति समाजले बेलुकी ५ बजे बौद्ध स्तुपमा दीप प्रज्ज्वलन गर्ने भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।