back

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा नेम्वाङ

वि.सं.२०७३ असोज १६ आइतवार

507 

shares
RBB AD
NTC AD

१६ असोज,पाँचथर। निर्माण व्यवसायी सङ्घ पाँचथरको दशौँ अधिवेशनले वीरेन्द्र नेम्वाङलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।

आज सम्पन्न अधिवेशनको बन्दसत्रले नेम्वाङको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा बल थापा, द्वितीय उपाध्यक्षमा राजेन्द्रप्रसाद रिजाल र तृतीय उपाध्यक्षमा शशिराज आङ्देम्बे निर्वाचित हुनुभएको छ ।

त्यस्तै महासचिवमा सूर्यप्रकाश बाँस्कोटा, नीतिगत उपमहासचिवमा दीपेन योक्पाङ्देन, आन्तरिक उपमहासचिवमा पूर्ण आङ्देम्बे र कोषाध्यक्षमा दीनानाथ अधिकारी निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा कृष्णप्रसाद बाँस्कोटा, डिल्लीकुमार आले, ताराप्रसाद भट्टराई, शङ्कर थापा, सिरेन राई, प्रेम तुम्बापो, जगत थापा, गोपी नेपाली, शैलेन्द्र कुरुम्बाङ, लोकप्रसाद अधिकारी, नरहरि उप्रेती र विनोद खनाल निर्वाचित हुनुभएको छ ।

महिला सदस्यमा भने देवकुमारी ढुङ्गाना निर्वाचित हुनुभएको छ । समितिका सबै पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो ।

शुक्रबारदेखि सुरु भएको अधिवेशनको निर्माण व्यवसायी महासङ्घका अध्यक्ष सरदकुमार गौचनले उद्घाटन गर्नुभएको थियो । रासस

वि.सं.२०७३ असोज १६ आइतवार ०५:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत अर्थतन्त्र र कूटनीतिक...

जापानद्वारा अग्निपीडित गुल्मेली समाजलाई सहयोग

जापानद्वारा अग्निपीडित गुल्मेली समाजलाई सहयोग

गुल्मी । गुल्मेली समाज जापानले गुल्मीका ७० अग्निपीडित परिवारलाई रु...

राष्ट्रिय सुरक्षालाई मजबुत बनाउन आवश्यक : मन्त्री उप्रेती

राष्ट्रिय सुरक्षालाई मजबुत बनाउन आवश्यक : मन्त्री उप्रेती

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुलुकको राष्ट्रिय सुरक्षालाई मजबुत बनाउन...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न नहुनेमा सांसदहरुको जोड

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न नहुनेमा सांसदहरुको जोड

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले वृद्धभत्ताका लागि राष्ट्रिय परिचयपत्र...

बहत्तर सिटे जहाजबाट काठमाडौँ-भरतपुर उडान गर्दै बुद्ध एयर

बहत्तर सिटे जहाजबाट काठमाडौँ-भरतपुर उडान गर्दै बुद्ध एयर

चितवन । बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ-भरतपुर उडान गर्ने...

प्रतिनिधिसभा बैठक : विपद् व्यवस्थापनको पूर्वतयारी गर्न सांसदहरुको माग, कस्ले के भने ?

प्रतिनिधिसभा बैठक : विपद् व्यवस्थापनको पूर्वतयारी गर्न सांसदहरुको माग, कस्ले के भने ?

काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरुले विपद् व्यवस्थापनको पूर्वतयारी गर्न सरकारसँग माग...