back

खोलाबाट ढुङ्गा गिट्टी चोरी निकासी रोक्न माग

वि.सं.२०७३ असोज १६ आइतवार

711 

shares
GLOBAL IME AD
NTC AD

१६ असोज,पथरी (मोरङ)। मोरङका खोलाबाट ढुङ्गा गिट्टीको चोरी निकासी बढेको छ । नदी नियन्त्रण उपभोक्ता समिति मोरङका अध्यक्ष अम्बिका बोहोराका अनुसार मोरङको मावा, बक्राहा, चिसाङ, डास, सीता, खदम, केर्खालगायतका खोलाबाट रातको समयमा बालुवा, ढुङ्गा, गिट्टी रातभरि ट्र्याक्टरले निकासी गर्ने गरिएको छ ।

अध्यक्ष बोहोराले उर्लाबारी नगरपालिका कार्यालय, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालयको समेत ध्यानाकर्षण गराउनु भएको छ । उक्त समितिले चोरी निकासी रोक्न माग गरेको छ ।

केर्खा खोला नजिकैको घरमा बस्दै आउनुभएका स्थानीय हरि खड्काका अनुसार राति ढुङ्गा गिट्टी बालुवा चोरी गर्दा वातावरण असान्त भएका कारण नदी नियन्त्रण उपभोक्ता समिति र उर्लाबारी–३ स्थित चन्द्रमा टोल नदी नियन्त्रण उपभोक्ता समितिले चोरी निकासी रोक्न माग गरेको हो । रातको समयमा ढुङ्गा गिट्टी बालुवा चोरी निकासी गर्दा गाउँ बस्तीमा हो–हल्ला गरेर सुतिराखेका स्थानीयवासीको निद्रा खलबल्याएको र थप अरु सामग्री चोरी हुने जोखिम बढेको स्थानीय प्रशासनसँग शान्ति सुरक्षा दिन माग गरिएको अध्यक्ष बोहोराको भनाइ छ ।

सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म बालुवा, गिट्टी, ढुङ्गाजस्ता पदार्थ निकासीमा रोक लगाए पनि कार्यान्वयनमा कडाइ नहुँदा प्रहरीको मिलेमतोमा रातको समयमा मोरङका खोलाबाट यस्ता वस्तु अवैध रुपमा निकासी भइरहेको पाइएको डास खोलाको छेउमा बस्दै आएका मोहन लिम्बूको भनाइ छ ।

वनभित्रको झाडी सफाइ दु्रत गतिमा

वैज्ञनिक वन व्यवस्थापन गरिएका पूर्वीउत्तरी मोरङका सामुदायिक वनमा झाडी सफाइको काम भइरहेको छ । दिगो उत्पादनमूलक वन व्यवस्थापनका लागि सामुदायिक वनका उपभोक्तालाई तालिम नै दिएर कार्य अगाडि बढाइएको हो ।

मोरङको लेटाङभोगटेनीस्थित नमुना सामुदायिक वन धानखेती सामुदायिक वन तथा वसन्त हरियाली सामुदायिक वनको झाडी सफा गर्ने काम भइरहेको छ । रासस

वि.सं.२०७३ असोज १६ आइतवार ०५:३७ मा प्रकाशित

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...