Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

सहकारीले जनताको हितमा काम गर्नुपर्ने– मन्त्री बुढाथोकी



१६ असोज,भद्रपुर। सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले सहकारीले राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने बताउनुभएको छ ।

मेची कृषक बहुमुखी सहकारी संस्था लिमिटेड मेचीनगर–१२ झापाको १७औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री बुढाथोकीले सहकारीले नाफा आर्जनमा ध्यान दिनुभन्दा सहकारीमा आबद्ध सेयर सदस्यहरुको जीवनस्तर उकास्नेतर्फ केन्द्रित रहनुपर्ने भन्दै वैदेशिक रोजगारमा जाने युवालाई सहकारीमै आकर्षित गराउन सके वैदेशिक रोजगारीमा जाने युवा स्वदेशमै स्थापित हुने धारणा राख्नु भयो ।

उहाँले सहकारीले आफ्ना सेयर सदस्यको विश्वास जितेर कार्यक्रमलाई विस्तार गर्नुपर्ने भन्दै संसद्मा रहेको सहकारी विधेयकलाई अझ बढी परिमार्जित गर्न लिखित सुझाव दिन आग्रह गर्नुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ