Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

छ आयोगसम्बन्धी प्रस्ताव स्वीकृत



१६ असोज,काठमाडौँ। व्यवस्थापिका–संसद्ले छ आयोगसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

त्यसअघि बैठकमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले ती आयोगसम्बन्धी विधेयक छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

आजको बैठकमा राष्ट्रिय दलित, राष्ट्रिय समावेशी, आदिवासी जनजाति, मधेसी, थारू र मुस्लिम आयोग विधेयक २०७३ लाई छलफलका लागि समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत भएको हो । यसअघि बैठकले विधायन समितिमा रहने सदस्यको नाम थपसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ ।
उक्त समितिमा प्रेमबहादुर सिंहको नाम थप गरिएको छ । सभामुख ओनसरी घर्तीले आजको बैठकमा उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम