back
CTIZAN AD

खोलाबाट ढुङ्गा गिट्टी चोरी निकासी रोक्न माग

वि.सं.२०७३ असोज १६ आइतवार

1.2K 

shares

१६ असोज,पथरी (मोरङ)। मोरङका खोलाबाट ढुङ्गा गिट्टीको चोरी निकासी बढेको छ । नदी नियन्त्रण उपभोक्ता समिति मोरङका अध्यक्ष अम्बिका बोहोराका अनुसार मोरङको मावा, बक्राहा, चिसाङ, डास, सीता, खदम, केर्खालगायतका खोलाबाट रातको समयमा बालुवा, ढुङ्गा, गिट्टी रातभरि ट्र्याक्टरले निकासी गर्ने गरिएको छ ।

अध्यक्ष बोहोराले उर्लाबारी नगरपालिका कार्यालय, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालयको समेत ध्यानाकर्षण गराउनु भएको छ । उक्त समितिले चोरी निकासी रोक्न माग गरेको छ ।

केर्खा खोला नजिकैको घरमा बस्दै आउनुभएका स्थानीय हरि खड्काका अनुसार राति ढुङ्गा गिट्टी बालुवा चोरी गर्दा वातावरण असान्त भएका कारण नदी नियन्त्रण उपभोक्ता समिति र उर्लाबारी–३ स्थित चन्द्रमा टोल नदी नियन्त्रण उपभोक्ता समितिले चोरी निकासी रोक्न माग गरेको हो । रातको समयमा ढुङ्गा गिट्टी बालुवा चोरी निकासी गर्दा गाउँ बस्तीमा हो–हल्ला गरेर सुतिराखेका स्थानीयवासीको निद्रा खलबल्याएको र थप अरु सामग्री चोरी हुने जोखिम बढेको स्थानीय प्रशासनसँग शान्ति सुरक्षा दिन माग गरिएको अध्यक्ष बोहोराको भनाइ छ ।

सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म बालुवा, गिट्टी, ढुङ्गाजस्ता पदार्थ निकासीमा रोक लगाए पनि कार्यान्वयनमा कडाइ नहुँदा प्रहरीको मिलेमतोमा रातको समयमा मोरङका खोलाबाट यस्ता वस्तु अवैध रुपमा निकासी भइरहेको पाइएको डास खोलाको छेउमा बस्दै आएका मोहन लिम्बूको भनाइ छ ।

वनभित्रको झाडी सफाइ दु्रत गतिमा

वैज्ञनिक वन व्यवस्थापन गरिएका पूर्वीउत्तरी मोरङका सामुदायिक वनमा झाडी सफाइको काम भइरहेको छ । दिगो उत्पादनमूलक वन व्यवस्थापनका लागि सामुदायिक वनका उपभोक्तालाई तालिम नै दिएर कार्य अगाडि बढाइएको हो ।

मोरङको लेटाङभोगटेनीस्थित नमुना सामुदायिक वन धानखेती सामुदायिक वन तथा वसन्त हरियाली सामुदायिक वनको झाडी सफा गर्ने काम भइरहेको छ । रासस

वि.सं.२०७३ असोज १६ आइतवार ०५:३७ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...