१७ असोज,काठमाडौँ । होटल सङ्घ नेपाल(हान) को ४५औं वार्षिक साधारणसभाले अमरमान शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
उक्त कार्यसमितिको पदाधिकारीमा निवर्तमान अध्यक्ष बी.के. श्रेष्ठ, प्रथम उपाध्यक्ष सिर्जना राणा, द्वितीय उपाध्यक्ष विनोद शङ्कर श्रेष्ठ, महासचिव विनायक शाह, कोषाध्यक्ष सुनिल शाक्य रहनुभएको छ ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा दिनेश विष्ट, प्रवीणबहादुर पाण्डे, दिनेश तुलाधर, विशाल कुमार, राकेशदास श्रेष्ठ, युवराज श्रेष्ठ, रामकुमार पुरी, देवेन्द्र वाग्ले, ठाकुरप्रसाद पोखरेल, साजन शाक्य, विप्लव पौडेल, घनश्याम श्रेष्ठ, सिपी श्रेष्ठ र असित राणा रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष अमरमान शाक्यले पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिनुपर्नेमा जोड दिँदै पर्यटन क्षेत्रको विकास र विस्तारमा सबै पर्यटनसँग सम्बन्धित संघ संस्थासँगको सहकार्यमा अगाडि बढ्ने बताउनुभयो । रासस
वि.सं.२०७३ असोज १७ सोमवार ११:३९ मा प्रकाशित