back
CTIZAN AD

कोलम्बिया सरकारद्धारा फार्क विद्रोही शान्ति सम्झौता कायम राख्न आह्वान

वि.सं.२०७३ असोज १८ मंगलवार

1K 

shares

 १८ असोज,बोगोटा । कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोसले (कोलम्बियाको विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया) फार्क विद्रोहीलाई नयाँ राष्ट्रिय वार्ताका लागि सोमबार आह्वान गर्नु भएको छ ।

कोलम्बियाको विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (फार्क) सँग हालै सरकारले गरेको शान्ति सम्झौता गरेको थियो । सो सम्झौता स्वीकार्य छ वा छैन भन्ने विषयमा गत आइतबार सम्पन्न जनमत सङग्रहको विपक्षमा बहुमत परेपछि सो सम्झौताको भविष्य अन्योलमा परेको छ ।

आधा शब्तादीदेखिको द्धन्द्ध अन्त्यका लागि फार्क र फार्कसँग भएको शान्ति सम्झौताका विपक्षमा रहेका दुवै पक्ष गम्भीर हुनु पर्ने राष्ट्रपति सान्तोसको आग्रह गर्नु भएको छ ।

फार्कसँग भएको सम्झौताको विपक्षमा बहुमत आएपछि टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति सान्तोसले भन्नुभयो, “युद्ध अन्त्य गर्ने हरेक कोलम्बियाली जनताको चाहना अनुसार जतिसक्दो चाडो आवश्यक मु्द्दा समाधानका लागि तत्काल वार्ता सुरु गर्न अनुरोध गर्दछु ।”

जनमतबाट पराजित भएपछि उहाँले ५२ बर्ष लामो द्धन्द्ध अन्त्य गर्ने प्रयास जोगाई राख्न सवै पार्टीका नेताहरुसँग आपत्कालिन बैठक राख्नु भएको थियो ।

सम्बोधनका क्रममा दुखित देखिनु भएका राष्ट्रपति सान्तोसले साझा धरातल उभिन र एकताबद्ध हुन पनि सवैलाई आह्वान गर्नुभयो । “अहिलेका लागि त्यही नै सवैभन्दा महत्वपूर्ण छ”, उहाँले भन्नुभयो ।

फार्कसँग हालै सरकारले गरेको शान्ति सम्झौता स्वीकार्य छ वा छैन भन्ने विषयमा आइतबार सम्पन्न जनमत सङग्रहको विपक्षमा बहुमत परेपछि सो सम्झौताको भविष्य अन्योलमा परेको छ ।

जनमत सङ्ग्रहका लागि भएको मतदानमा ५२.२ प्रतिशत मतदाताले सम्झौताको विपक्षमा भोट हालेका छन् भने बाँकी ४९.८ प्रतिशतले भने यसको पक्षमै मतदान गरेको राष्ट्रिय नागरिक अभिलेख संस्थाको वेबसाइटले जनाएको छ ।

जनमत सङ्ग्रह सुरु हुनुभन्दा केही हप्ता पहिलेदेखि नै “स्वीकार्य हुन्छ” भन्ने पक्षमा कमसेकम दुई तिहाई मत पक्कै आउँछ भन्ने व्यापक अड्कलवाजी गरिएकोमा झिनो (शून्य दशमलब ४ प्रतिशत) को अन्तरले “शान्ति सम्झौता स्वीकार्य छैन” भन्ने पक्षको विजय भए पनि अर्को पक्षधरलाई बेवास्ता गर्न नहँुने आवाज उठिरहेको छ ।

फार्क नेता टिमोलिओन जिमेनेजले भने क्युबाको राजधानी हवानाबाट एक सन्देश पठाउँदै जनमत सङ्ग्रहको परिणामले कोलम्बियामा युद्ध र रक्तपात चाहने विजयी भएको प्रतिक्रिया दिएका छन् ।

युद्ध र रक्तपात पिपासुले सर्वसाधारण कोलम्बियाली आफ्नो प्रभावमा पारेको तथा परिवर्तनको पक्षधर बहूसङ्ख्यक जनसमुदाय उपर घृणा र द्वेष प्रकट गर्न खोजेको भन्ने उनको भनाइ छ ।

राष्ट्रपति सान्तोषको अथक प्रयासमा गतः हप्ता हस्ताक्षरित भएको उक्त सम्झौता कार्यान्वयन गर्नुअघि जनताबाट अनुमोदित हुनुपर्ने प्रावधान राखिएअनुसार जनमत सङ्ग्रह सम्पन्न गरिएको हो ।

५२ वर्षको गृहयुद्धपछि फार्क विद्रोहीले हतियार बिसाउँदै राजनीतिक प्रकियामा आउन सहमति जनाएका थिए । रासस÷एएफपी

वि.सं.२०७३ असोज १८ मंगलवार १०:५९ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...