back

नसर्ने रोगको उपचार सम्बन्धी कार्यक्रम सुरु

वि.सं.२०७३ असोज १९ बुधवार

621 

shares
GLOBAL IME AD
NTC AD

१९ असोज,धनगढी । नसर्ने रोगको बचावट तथा रोकथाम सम्बन्धी कार्यक्रम सरकारले कैलालीवाट सुरु गरेको छ । यो कार्यक्रम देशमै पहिलो पटक सुरु गरिएको बताइएको छ ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज यहाँ आयोजित एक समारोहबीच उक्त कार्यक्रमको उद्घाटन गर्दै परिणाम र सफलताका आधारमा यो कार्यक्रमलाई क्रमशः अन्य जिल्लामा पनि विस्तार गर्ने बताउनुभयो ।

स्वास्थ्य सेवा विभाग, प्राथमिक स्वास्थ्य सेवा पुर्नजागरण महाशाखाका निर्देशक मोहम्द दाउदले कार्यक्रमको उद्देश्य एवम् औचित्यमाथि प्रकाश पार्दै मानव स्वास्थ्यका लागि ठूलो चुनौतीका रुपमा देखिन थालेकाले यो रोगको रोकथाम तथा बचावटका लागि यो कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।

कार्यक्रम अन्तर्गत हाललाई स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र जिल्ला अस्पतालमार्फत नसर्ने रोगीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको जनाएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा पुष्पा चौधरीले विभिन्न रोगका कारण हुने मृत्युमध्ये नेपालमा नसर्ने रोगका कारणले मात्रै ६० प्रतिशत भन्दा बढीको मृत्यु हुने गरेको बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको प्रक्षेपण अनुसार आगामी दश वर्षसम्म पनि नसर्ने रोगको उपचारका लागि व्यवस्थित र प्रभावकारी उपचार पद्दति अपनाउन नसकिएमा यी रोगले अझ ठूलो समस्या निम्त्याउने बताइएको छ । रासस

वि.सं.२०७३ असोज १९ बुधवार ०७:५५ मा प्रकाशित

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...