back
CTIZAN AD

धान नफलेर बोटमै बाला सुकेपछि किसानद्धारा क्षतिपूर्ति माग

वि.सं.२०७३ असोज २० बिहीवार

894 

shares

२० असोज, मलेखु, धादिङ । जिल्ला कृषि विकास कार्यालयले वितरण गरेको धानको बीउ लगाएका किसानको धान नफलेर बोटमै बाला सुकेपछि किसानले क्षतिपूर्तिको माग गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय मार्फत कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले क्षतिपूर्ति माग गरेका हुन् । गत आवमा कृषकलाई ५० प्रतिशत अनुदानमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाराले उत्पादन गरेको हर्दिनाथ १ नामक धानको बीउ जिल्ला कृषि विकास कार्यालयले १८ क्विन्टलभन्दा बढी वितरण गरेको थियो । नीलकण्ठ नगरपालिका तथा त्रिपुरेश्वर र सलाङ गाविसका कृषकले लगेको सो धान नफलेपछि उनीहरु आन्दोलित भएको राष्ट्रिय कृषक महासङ्घका उपाध्यक्ष भक्तबहादुर बस्नेतले बताउनुभयो ।

सो धान सामान्य तवरले फलेमा पनि १११ मेट्रिक टन उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख दुर्गादत्त पन्थीले अनुसन्धान केन्द्रले नै उपलब्ध गराएको बीउमा आफूहरुले केही भन्न नसक्ने बताउँदै गत वर्षमा यस्तो समस्या नआएको तर यस वर्ष कृषकलाई समस्या परेकाले सरकारबाट नै कुनै सहयोग उपलब्ध गराउन आफू सकारात्मक रहेको बताउनुभयो ।

ज्ञापनपत्रमा यस वर्ष पीडित कृषकलाई क्षतिपूर्ति दिनुपर्ने, दोषीमाथि कारबाही गर्नुपर्ने, नोक्सानीको मूल्याङ्कन गर्दा कृषकको प्रतिनिधि राख्नुपर्ने, आगामी वर्षदेखि बीउ उत्पादकले नै बाली उत्पादन नभए क्षतिपूर्ति दिनुपर्ने लगायत माग उल्लेख छ । ज्ञापनपत्रमा विभिन्न कृषक सङ्गठन र अधिकारकर्मीले हस्ताक्षर गरेका छन् ।

वि.सं.२०७३ असोज २० बिहीवार १२:५६ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...