back

धान नफलेर बोटमै बाला सुकेपछि किसानद्धारा क्षतिपूर्ति माग

वि.सं.२०७३ असोज २० बिहीवार

543 

shares
IME Limited
NTC AD

२० असोज, मलेखु, धादिङ । जिल्ला कृषि विकास कार्यालयले वितरण गरेको धानको बीउ लगाएका किसानको धान नफलेर बोटमै बाला सुकेपछि किसानले क्षतिपूर्तिको माग गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय मार्फत कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले क्षतिपूर्ति माग गरेका हुन् । गत आवमा कृषकलाई ५० प्रतिशत अनुदानमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाराले उत्पादन गरेको हर्दिनाथ १ नामक धानको बीउ जिल्ला कृषि विकास कार्यालयले १८ क्विन्टलभन्दा बढी वितरण गरेको थियो । नीलकण्ठ नगरपालिका तथा त्रिपुरेश्वर र सलाङ गाविसका कृषकले लगेको सो धान नफलेपछि उनीहरु आन्दोलित भएको राष्ट्रिय कृषक महासङ्घका उपाध्यक्ष भक्तबहादुर बस्नेतले बताउनुभयो ।

सो धान सामान्य तवरले फलेमा पनि १११ मेट्रिक टन उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख दुर्गादत्त पन्थीले अनुसन्धान केन्द्रले नै उपलब्ध गराएको बीउमा आफूहरुले केही भन्न नसक्ने बताउँदै गत वर्षमा यस्तो समस्या नआएको तर यस वर्ष कृषकलाई समस्या परेकाले सरकारबाट नै कुनै सहयोग उपलब्ध गराउन आफू सकारात्मक रहेको बताउनुभयो ।

ज्ञापनपत्रमा यस वर्ष पीडित कृषकलाई क्षतिपूर्ति दिनुपर्ने, दोषीमाथि कारबाही गर्नुपर्ने, नोक्सानीको मूल्याङ्कन गर्दा कृषकको प्रतिनिधि राख्नुपर्ने, आगामी वर्षदेखि बीउ उत्पादकले नै बाली उत्पादन नभए क्षतिपूर्ति दिनुपर्ने लगायत माग उल्लेख छ । ज्ञापनपत्रमा विभिन्न कृषक सङ्गठन र अधिकारकर्मीले हस्ताक्षर गरेका छन् ।

वि.सं.२०७३ असोज २० बिहीवार १२:५६ मा प्रकाशित

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ताबाट बर्खास्त भएका...

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा...

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

काठमाडौं । कञ्चनपुरमा छाउपडी गोठमा सुतेकी एक महिलाको सर्पले डसेर...

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ ।सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...