back

पहिरो पीडितलाई थप सहायता दिने मन्त्रिपरिषद्को निर्णय

वि.सं.२०७३ असोज २० बिहीवार

552 

shares
IME Limited
NTC AD

२० असोज, काठमाडौँ । निजामती सेवाका सचिव तथा सहसचिवको कार्यक्षमताको मूल्याङ्कन गर्ने समितिमा पूर्व सचिव मधुरमण आचार्य र सुरेशमान श्रेष्ठलाई नियुक्त गरिएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद्को बैठकले दसँै तथा तिहारको समयमा वन विनास हुने भएकाले वन मन्त्रालयबाटै तलब खुवाउने गरी वनपालेलाई काममा लगाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले कार्यरत ४५० जना वनपालेलाई काममा लगाउने र लोकसेवाको परामर्श लिएर पछि प्रक्रियामा लैजाने निर्णय भएको छ ।

सञ्चार मन्त्री कार्कीले केही महिना अघि प्युठानमा गएको पहिरोबाट प्रभावित जनतालाई रु १० हजार आर्थिक सहायता दिइएको र अहिले जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रमाणित गरेका परिवारलाई दसैँका अवसरमा थप रु १५ हजार उपलब्ध गराउने निर्णय गरेको जानकारी पनि दिनुभयो । रासस

वि.सं.२०७३ असोज २० बिहीवार ०८:४५ मा प्रकाशित

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ताबाट बर्खास्त भएका...

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा...

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

काठमाडौं । कञ्चनपुरमा छाउपडी गोठमा सुतेकी एक महिलाको सर्पले डसेर...

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ ।सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...