Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

संविधान कार्यान्वयनमा सहमति जुटाउन आग्रह



२० असोज, काठमाडौँ। सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनमा एकताबद्ध भएर अगाडि बढ्न प्रमुख राजनीतिक दलसँग आग्रह गर्नुभएको छ ।

आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ठूलाठूला राजनीतिक सङ्कट र विवादलाई समेत प्रमुख दलको सहमतिमा नै सहजताका साथ अगाडि बढाइएको र मुलुकलाई निकास दिएको जनाउँदै उहाँले संविधान कार्यान्वयनमा पनि त्यस्तै एकता प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई कार्यान्वयन गर्ने सवालमा केही विषय अगाडि बढेको भए पनि महत्वपूर्ण कार्यभार बाँकी छ भन्दै उहाँले विवाद बढाउनेभन्दा पनि विवाद घटाउनेतिर लाग्नमा जोड दिनुभयो ।
उहाँले प्रमुख दलको सहमतिमा संविधानसँग जोडिएका विभिन्न समिति पनि छिट्टै गठन हुने र त्यसको प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । संसद्कै महत्वपूर्ण समितिका रुपमा रहेको लेखा समितिको सभापति चयन गर्न आफूले दललाई आग्रह गरिसकेको बताउँदै उहाँले दसैँलगत्तै सो समितिले नेतृत्व पाउने विश्वास व्यक्त गर्नुभयो ।

सभामुख घर्तीले निर्वाचनसम्बन्धी कानुनको प्रक्रिया पनि अगाडि बढेकाले दललाई मिलेर अगाडि बढ्न र नेपाली जनतालाई चाडबाडका समयमा सकारात्मक सन्देश दिन अनुरोध गर्नुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले