back
CTIZAN AD

संविधान कार्यान्वयनमा सहमति जुटाउन आग्रह

वि.सं.२०७३ असोज २० बिहीवार

930 

shares

२० असोज, काठमाडौँ। सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनमा एकताबद्ध भएर अगाडि बढ्न प्रमुख राजनीतिक दलसँग आग्रह गर्नुभएको छ ।

आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ठूलाठूला राजनीतिक सङ्कट र विवादलाई समेत प्रमुख दलको सहमतिमा नै सहजताका साथ अगाडि बढाइएको र मुलुकलाई निकास दिएको जनाउँदै उहाँले संविधान कार्यान्वयनमा पनि त्यस्तै एकता प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई कार्यान्वयन गर्ने सवालमा केही विषय अगाडि बढेको भए पनि महत्वपूर्ण कार्यभार बाँकी छ भन्दै उहाँले विवाद बढाउनेभन्दा पनि विवाद घटाउनेतिर लाग्नमा जोड दिनुभयो ।
उहाँले प्रमुख दलको सहमतिमा संविधानसँग जोडिएका विभिन्न समिति पनि छिट्टै गठन हुने र त्यसको प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । संसद्कै महत्वपूर्ण समितिका रुपमा रहेको लेखा समितिको सभापति चयन गर्न आफूले दललाई आग्रह गरिसकेको बताउँदै उहाँले दसैँलगत्तै सो समितिले नेतृत्व पाउने विश्वास व्यक्त गर्नुभयो ।

सभामुख घर्तीले निर्वाचनसम्बन्धी कानुनको प्रक्रिया पनि अगाडि बढेकाले दललाई मिलेर अगाडि बढ्न र नेपाली जनतालाई चाडबाडका समयमा सकारात्मक सन्देश दिन अनुरोध गर्नुभयो । रासस

वि.सं.२०७३ असोज २० बिहीवार १२:५७ मा प्रकाशित

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...