२१ असोज, काठमाडौँ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले व्यवस्थापिका–संसद्मा प्रस्तुत निर्वाचनसम्बन्धी विधेयक संशोधन गरेर मात्र पेस गर्न आग्रह गरेको छ ।
समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठद्वारा विहिबार जारी विज्ञप्तिमा ती विधेयकमा ‘थ्रेसहोल्ड’को व्यवस्था नहुनु, केवल ५०० हस्ताक्षरबाट दल दर्ता गरिने व्यवस्था हुनु, निर्वाचनको तिथिमिति तोक्ने अधिकार निर्वाचन आयोगमा नहुनु जस्ता विषय आपत्तिजनक भएको जनाइएको छ ।
समितिले निर्वाचनको आधारशिलाका रुपमा रहेका निर्वाचनसम्बन्धी विधेयकमा गम्भीर बन्न पनि सांसदहरूलाई आग्रह गरेको छ ।