back
CTIZAN AD

घोप्टेभिर दुर्घटनाः छानबिन टोली घटनास्थलमा

वि.सं.२०७३ असोज २० बिहीवार

1.1K 

shares

 २० असोज, चितवन। पूर्वमन्त्री माधवप्रसाद घिमिरेसहित तीन जना त्रिशूली नदीमा बेपत्ता भएपछि सरकारले गठन गरेको छानबिन समितिले आजदेखि स्थलगत अध्ययन थालेको छ ।

समितिमा पूर्वप्रहरी महानिरीक्षक कुबेरसिंह राना संयोजक तथा सदस्यमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक प्रेमकुमार शाही, नेपाल प्रहरीका नायब महानिरीक्षक पङ्कज श्रेष्ठ, सडक विभागका उपमहानिर्देशक उमाकान्त झा र इन्जिनियर मधुसूदन साँखी रहनुभएको छ ।

समितिले घटनास्थलमा सडकको अवस्था, दुर्घटनाका कारण, उद्धार र खोजी लगायत विषयमा अध्ययन गर्नेछ । सशस्त्र प्रहरी विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरी उपरीक्षक गणेशबहादुर थापाका अनुसार समितिका सदस्यले आज बिहान १०ः३० बजेदेखि स्थलगत रुपमा काम थाल्नुभएको हो । यही असोज ९ गते काठमाडौँतर्फ जाँदै गर्दा घिमिरे सवार गाडी पृथ्वी राजमार्गको घोप्टेभिरबाट त्रिशूलीमा खसेको थियो ।

दुर्घटनामा परी पूर्वगृह तथा परराष्ट्रमन्त्री सहित दुई भाइ नदीमा बेपत्ता हुनुहुन्छ भने आमासहित तीन जनाको मृत्यु भएको छ । घाइते चालकको काठमाडौँमा उपचार भइरहेको छ । हालसम्म खोजी जारी रहे पनि गाडी र बेपत्ता व्यक्ति फेला पार्न सकिएको छैन । रासस

वि.सं.२०७३ असोज २० बिहीवार १३:०२ मा प्रकाशित

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...