back
CTIZAN AD

सोह्रबुँदेलाई आत्मासात् गरेर अगाडि बढ्नुपर्नेमा जोड

वि.सं.२०७३ असोज २१ शुक्रवार

1.1K 

shares

२१ असोज, उर्लाबारी (मोरङ) । मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक गतिरोध अन्त्यका लागि सोह्रबुँदे सहमतिलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा विहिबार पत्रकारसँग कुरा गर्दै नेता गच्छदारले सोह्रबुँदे सहमतिकै आधारमा संविधान जारी भएकाले संविधान कार्यान्वयनका लागि पनि सो सहमतिलाई आधार मानेर दल अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

दलहरूले आत्मालोचना गरेर फेरि पुरानै स्थानमा आउनाको विकल्प नभएको बताउँदै अध्यक्ष गच्छदारले सहमतिबिना संविधान संशोधन र यसको कार्यान्वयन सम्भव नभएकाले सबै दललाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो ।

वि.सं.२०७३ असोज २१ शुक्रवार ०२:४३ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...